सुकुमबासी बस्तीमा डोजर नचलाउन माग गर्दै सर्वोच्चमा रिट

जस नेपाल

१४ वैशाख २०८३

सुकुमबासी बस्तीमा डोजर नचलाउन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । देशभरिका सुकुमबासी बस्तीमा डोजर चलाउने कार्यमा रोक लगाउने माग गर्दै सर्वोच्च अदालतमा सोमबार रिट दर्ता भएको छ । रिटमाथिको सुनुवाई मंगलबार हुने भएको छ ।

सोमबार रिट निवेदन दर्ता भएपछि रिट निवेदक बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले भने, ‘देशभरिका सुकुम्बासीहरूको न्यायका लागि मैले आज सर्वोच्च अदालतमा रिट दायर गरेको छु । भोलि बैसाख १५ गते यसको सुनुवाई तोकिएको छ ।
रिट निवेदनमा प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा चलाइएको डोजर रोक्ने आदेशको माग गरिएको छ ।

त्रिपाठीद्वारा दायर रिटमा भनिएको छ, ‘सरकारद्वारा संविधानप्रदत्त मौलिक हकको उपभोगमा अवरोध तथा कुण्ठा उत्पन्न भई अपुरणीय क्षति पुग्न जाने हुँदा यो रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म काठमाडौँ लगायत कहीँ पनि सुकुमबासी बस्तीमा डोजर लगाएर नहटाउनु, सोसम्बन्धी कुनै पनि सूचना वा परिपत्र कार्यान्वयन नगर्नु नगराउनु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम अन्तरिम आदेशसमेत जारी गरिपाउँ ।’

बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी

रिटमा अगाडि भनिएको छ, ‘मिति २०८३ बैशाख ९ गते प्रधानमन्त्रीको निर्देशन बमोजिम (यदि कुनै निर्णय भएको छ भने) सो आधारमा निसृत सबै काम कारवाही एवं परिणाम उत्प्रेषणको आदेशद्वारा बदर गरी सो आधारमा कुनै काम नगर्नु नगराउनु भनी प्रतिषेधको आदेश जारी गरी बसोबासको बैकल्पिक बन्दोबस्त गर्नु भनी परमादेशसमेत जारी गरिपाऊँ ।’

त्यसैगरी, ‘भूमिहीन नागरिकहरुको आवासको हक सुनिश्चित गर्न राष्ट्रब्यापी गुरुयोजना निर्माण गरिपाऊँ’ भन्नेसमेत रिटमा माग गरिएको छ ।

राज्यले उचित विकल्प प्रदान नगरी कुनै नागरिकलाई पनि आफ्नो आवासबाट बेदखल नगर्नु भन्ने आदेशको समेत माग रिटमा गरिएको छ ।

यो मुद्दाको गम्भीरतालाई हेरेर विदाको समयमा समेत प्रारम्भिक सुनुवाई गरिपाऊँ भन्ने मागसमेत रिटमा गरिएको बरिष्ठ अधिवक्ता त्रिपाठीले बताए ।

यो पनि-

३ लाख परिवारमाथि डोजर लगाउन सम्भव छ ?

सम्बन्धित खवर

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

माछा अनुदानमा ७२ लाख बढी भ्रष्टाचार : कृषि कार्यालयका हाकिमसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  जिल्ला कृषि विकास कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख सुकेश्वर झासहित तीन कर्मचारी...

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

गुठीको जग्गा किर्ते गरेको आरोपमा टोखा सरस्वती मालपोतका तत्कालीन प्रमुखसहित २७ जना विरुद्ध मुद्दा

काठमाडौँ । काठमाडौँ  जिल्लाको साङ्ला (टोखा सरस्वती) स्थित निजी गुठी जग्गालाई किर्ते जालसाजी गरी...

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

बालविकास शिक्षकको नक्कली प्रमाणपत्र फेला, विशेष अदालतमा मुद्दा दायर

काठमाडौँ । कैलालीको जानकी गाउँपालिका-३ नयाँ लायकपुरस्थित श्री मुक्त कमैया बाल संरक्षण आधारभूत विद्यालयकी...

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

सम्पत्ति छानबिन आयोगविरुद्धको रिटमा आज सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौँ । सम्पत्ति जाँचबुझ छानबिन आयोग २०८३ को गठन र कार्यविधिविरुद्ध दायर भएका रिट...