न्याय परिषदका सचिव थपलिया सुर्खेत उच्च अदालतको न्यायाधीशमा सिफारिस

जस नेपाल

१५ वैशाख २०८३

न्याय परिषदका सचिव थपलिया सुर्खेत उच्च अदालतको न्यायाधीशमा सिफारिस

काठमाडौँ । न्याय परिषदका सचिव जितेन्द्र बाबु थपलिया सुर्खेत उच्च अदालत जुम्ला इजलासको न्यायाधीशमा सिफारिस भएका छन् ।

मंगलबार बसेको न्याय परिषदको बैठकले सचिव थपलियालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको परिषदका प्रवक्ता एवं सहसचिव रामप्रसाद भट्टराईले जानकारी दिए ।

त्यस्तै, गत बैशाख १० गते बसेको न्याय परिषदको बैठकले सर्वोच्च अदालतको संवैधानिक इजलासको समूह (प्यानल) मा तीन जना न्यायाधीशको नाम थप गर्ने निर्णय गरेको छ ।

कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतका न्यायाधीश अब्जुल अजिज मुसलमान, महेश शर्मा पौडेल र टेकप्रसाद ढुंगानाको नाम संवैधानिक इजलासको प्यानलमा थप गरेको हो ।

प्रधान न्यायाधीशको अध्यक्षता रहने न्याय परिषदको सदस्यमा कानूनमन्त्री सोविता गौतम, बरिष्ठतम न्यायाधीश कुमार रेग्मीका साथै महेश कुमार नेपाल र दामोदर खड्का सदस्य रहेका छन् ।

 

बरिष्ठ अधिवक्ता नेपाल प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा नियुक्त सदस्य हुन् भने अर्का सदस्य एवं बरिष्ठ अधिवक्ता दामोदर खड्का नेपाल बारको सिफारिसमा न्यायपरिषको सदस्य बनेका हुन् ।

यो पनि-

न्याय परिषद् के हो ? कहिलेदेखि सञ्चालनमा आयो ?

सम्बन्धित खवर

शुक्रबार सर्वोच्चमा ४२८ मुद्दाको  पेसी, ८९ वटामा फैसला

शुक्रबार सर्वोच्चमा ४२८ मुद्दाको  पेसी, ८९ वटामा फैसला

काठमाडौँ ।  सर्वोच्च अदालतमा शुक्रबार  ४२८ मुद्दामा पेसी तोकिए मध्य ८९ मुद्दामा फैसला भएको...

अख्तियारद्वारा नापी कार्यालय चावहिलका अमिनविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर 

अख्तियारद्वारा नापी कार्यालय चावहिलका अमिनविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिलका एक अमिनलाई जग्गा हालसाविक र...

सर्वोच्चमा बिहीबार ३५५ मुद्दाको पेसी, ११२ वटामा फैसला

सर्वोच्चमा बिहीबार ३५५ मुद्दाको पेसी, ११२ वटामा फैसला

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार तोकिएका ३५५ वटा मुद्दामध्ये ११२ वटामा फैसला भएको छ...

दुग्ध अनुदान दुरुपयोग आराेपमा ११ जनाविरुद्ध मुद्दा दायर

दुग्ध अनुदान दुरुपयोग आराेपमा ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला रूकुम पश्चिमको आठबीसकोट नगरपालिकामा दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत...