सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

जस नेपाल

२८ वैशाख २०८३

सङ्घीय संसद्को संयुक्त बैठक बस्दै, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

काठमाडौँ । सङ्घीय संसद्को बजेट अधिवेशन सुरु भएसँगै सोमबार अपराह्न ४ बजे सङ्घीय संसद्को संयुक्त बैठक भएको छ ।

आजको कार्यसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेले जानकारी दिए । त्यसका लागि सङ्घीय संसद्का सदस्यहरूलाई ३ः४५ बजेभन्दा अगाडि नै संयुक्त सभाको बैठकका लागि प्रतिनिधिसभा कक्ष (बहुउद्देश्यीय कक्ष), सिंहदरबारमा उपस्थित हुनका लागि आग्रह गरिएको छ ।

यता आज दिउँसो २ बजेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभाको छुट्टाछुट्टै बैठक बसिरहेको छ । उक्त बैठकमा सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् हेरफेरसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने लगायतका कार्यसूची रहेको छ ।

साथै बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ पेस गर्नेछन् ।

सम्बन्धित खवर

कानूनको अभ्यासमा एआईको प्रयोग

कानूनको अभ्यासमा एआईको प्रयोग

झापा । झापाको भद्रपुरमा कानून व्यवसायी र कानूनका विद्यार्थीबीच ‘कानूनको अभ्यासमा एआईको प्रयोग’ विषयक...

डुबाएर मोबाइल नष्ट : कुन कानूनले दियाे मधेशकी तत्कालीन शिक्षा मन्त्रीलाई निजी सम्पत्ति मास्ने आधार ?

डुबाएर मोबाइल नष्ट : कुन कानूनले दियाे मधेशकी तत्कालीन शिक्षा मन्त्रीलाई निजी सम्पत्ति मास्ने आधार ?

काठमाडौँ ।  जिल्ला प्रशासन कार्यालय सिराहाले गत चैतमा सम्पन्न एसईई र कक्षा १२ को...

महरा जोडिएको भेप सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका पूर्व नासु खड्का जेल चलान

महरा जोडिएको भेप सुन तस्करी प्रकरणमा विमानस्थल भन्सारका पूर्व नासु खड्का जेल चलान

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा समेत जोडिएको भेपमार्फत सुन तस्करी प्रकरणमा विशेष अदालतले त्रिभुवन...

किर्ते नियुक्ति पत्र बनाउने दुई कर्मचारीलाई तीन महिना कैद गर्न विशेषको आदेश

किर्ते नियुक्ति पत्र बनाउने दुई कर्मचारीलाई तीन महिना कैद गर्न विशेषको आदेश

काठमाडौँ । विशेष अदालतले गलत लिखत तयार गरी भ्रष्टाचार गरेको ठहर गर्दै हरिपूर्वा नगरपालिकाका...