सपना प्रधान १५ दिन बिदामा बस्ने, तीन न्यायाधीश हटाउने शर्माको चाहना

जस नेपाल

६ जेठ २०८३

सपना प्रधान १५ दिन बिदामा बस्ने, तीन न्यायाधीश हटाउने शर्माको चाहना

काठमाडौँ । बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल १५ दिन बिदामा बस्ने भएकी छन् । मंगलबारदेखि सर्वोच्च अदालतमा मल्लको कार्यकक्षसमेत परिवर्तन गरिएको र कामु प्रधानन्यायाधीशको जिम्मेवारी सकिएका कारण उनी दुईहप्ता विदामा बस्न लागेकी हुन् ।

यता, नवनियुक्त प्रधान न्यायाधीश डा. मनोजकुमार शर्माले भने तीनजना बरिष्ठ न्यायाधीशहरुलाई हटाउने चाहना प्रकट गरेका छन् ।

मंगलबार साँझ आफू निकटस्थसँग कुरा गर्दै शर्माले आफूले सरकारसँग मिलेर काम गर्नुपर्ने भएकाले बरिष्ठ न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयालले राजीनामा दिए राम्रो हुने बताएका थिए।

शर्माको भनाइ उधृत गर्दै स्रोतले जस नेपालसँग भन्यो,‘सरकारसँग मिलेर काम गर्दा त्यसमा उहाँहरुले अवरोध गर्नुहुन्छ, त्यसैले उहाँहरु तीनैजनाले राजीनामा दिएको राम्रो । म त्यही वातावरण बनाउँछु । मैले सरकारसँग मिलेर काम गर्नुपर्छ ।’

त्यसैगरी नवनियुक्त शर्माले हरिकृष्ण कार्की आयोगको सिफारिस अनुसार सर्वोच्च अदालतमा चल्दै आएको गोला प्रथालाई पनि हटाउने र पहिलेकै जस्तो प्रधानन्यायाधीशले नै बेञ्च तोक्ने सिस्टम पुनस्थापित गर्न लागेको निकटस्थहरुसँग बताएका छन् । शर्माले यसको संकेत मंगलबार संसदीय सुनुवाइ समितिमा समेत दिइसकेका छन् ।

संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेको प्रश्नमा अदालतभित्र कुनै गुटबन्दी नर हेको बताएका डा. शर्माले तीन न्यायाधीशलाई सरकारविरोधी करार गर्दै हटाउने चाहना प्रकट गर्नुले सर्वोच्च अदालतलाई कार्यपालिकाको छाया बनाउने जोखिम बढाएको छ ।

त्यसो त बालेन सरकारले चौथो बरियताका न्यायाधीश डा. शर्मालाई प्रधानन्यायाधीश बनाउँदा माथिल्लो बरियतामा रहेका तीन न्यायाधीशले आवेशमा आएर राजीनामा दिने विश्लेषण गरेको सूत्रहरुको दाबी छ ।

तर, सरकारको चाहनाविपरीत सिनियर न्यायाधीशहरुले बरु महाअभियोगको सामना गर्ने तर आफ्नो कर्तव्य निर्वाह जारी राख्ने अडान लिएका छन् ।

यो पनि-

न्यायाधीश कुमार रेग्मीको न्यायपरिषद सदस्यता खोसियो

बाँकी आगामी दिनमा गर्दै जाऊँला !

सम्बन्धित खवर

न्यायाधीश कुमार रेग्मीको न्यायपरिषद सदस्यता खोसियो

न्यायाधीश कुमार रेग्मीको न्यायपरिषद सदस्यता खोसियो

काठमाडौँ । डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश बनेसँगै सर्वोच्च अदालतका बरिष्ठतम् न्यायाधीश कुमार रेग्मीको बरिष्ठता...

बाँकी आगामी दिनमा गर्दै जाऊँला !

बाँकी आगामी दिनमा गर्दै जाऊँला !

आदरणीय सञ्चारकर्मी मित्रहरू, यहाँहरूको उपस्थितिप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। नेपालको संविधानबमोजिम आज मैले...

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माद्वारा शपथ ग्रहण

नवनियुक्त प्रधानन्यायाधीश डा. शर्माद्वारा शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नवनियुक्त प्रधानन्यायाधीश डा मनोजकुमार शर्मालाई पद तथा गोपनीयताको शपथ...

पारिवारिक नाता भएकाले नियुक्ति पाउनै हुँदैन भन्ने कानूनी व्यवस्था कहाँ छ ?

पारिवारिक नाता भएकाले नियुक्ति पाउनै हुँदैन भन्ने कानूनी व्यवस्था कहाँ छ ?

माननीय सभापतिज्यू, माननीयज्यूहरु, म अन्तिमबाटै, शुरु गरौंजस्तो लाग्यो । सभापतिज्यूकै अन्तिम प्रश्नबाटै । हुनचाहिँ...