म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

जस नेपाल

१९ साउन २०८३

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको छ ।  

आयोगका अनुसार तामाङले भुक्तानी रकमको कमिसन माग्दै सेवाग्राहीलाई पटक-पटक दुःख हैरानी दिई घुस/रिसवत माग गरिरहेको सूचना र उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो। आयोगबाट खटिएको टोलीले निजलाई सेवाग्राहीबाट १ लाख घुस लिइसकेको अवस्थामा काठमाडौँ  महानगरपालिका वडा नं. १६ बालाजुबाट मिति २०८३ साउन १८ गते नियन्त्रणमा लिएको हो ।  

घुससहित पक्राउ परेका तामाङलाई विशेष अदालतको आदेशबाट घुस/रिसवत भ्रष्टाचार मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको आयोगले जनाएको छ ।  

हेर्नुहोस् विज्ञप्ति –

 

 

सम्बन्धित खवर

लागुऔषधसहित पाँच जना पक्राउ

लागुऔषधसहित पाँच जना पक्राउ

चितवन। नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला...

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

काठमाडौँ । राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन सुरक्षा सुनिश्चित गर्न माग गर्दै दायर परमादेशको...

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौँ ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका-९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने...

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ।नियमित गस्तीमा रहेको प्रहरीको टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका-५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई...