पासपोर्ट ठेक्कामा १० अर्बभन्दा बढी भ्रष्टाचारको आरोप, पूर्वमहानिर्देशकसहित १२ जनाविरुद्ध मुद्दा दायर

जस नेपाल

९ असार २०८३

पासपोर्ट ठेक्कामा १० अर्बभन्दा बढी भ्रष्टाचारको आरोप, पूर्वमहानिर्देशकसहित १२ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागको ई–पासपोर्ट (eMRTD) खरिद तथा छपाइ ठेक्का प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी प्रकरणमा पूर्वमहानिर्देशकसहित १२ जना राष्ट्रसेवक कर्मचारी र दुई विदेशी कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार राहदानी छपाइ तथा व्यवस्थापन प्रणाली खरिदका लागि आह्वान गरिएको अन्तर्राष्ट्रिय बोलपत्र प्रक्रियामै मिलेमतो गरी सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत सर्त र मापदण्ड परिवर्तन गरिएको, गलत मूल्याङ्कन तथा निर्णयमार्फत जर्मनीस्थित Muehlbauer ID Services GmbH र Veridos GmbH लाई ठेक्का दिलाइएको पाइएको छ ।

अनुसन्धानबाट सम्बन्धित पदाधिकारी, कर्मचारी तथा कम्पनीका प्रतिनिधिहरूको योजनाबद्ध मिलेमतोमा नेपाल सरकारलाई १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४ सय ७७ रुपैयाँ १ पैसा बराबरको हानिनोक्सानी पुर्‍याइएको निष्कर्ष निकाल्दै अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।

मुद्दामा राहदानी विभागका तत्कालीन महानिर्देशक तीर्थराज अर्याल, सूचना प्रविधि निर्देशक सुनिल कुमार केसी, तत्कालीन निर्देशकहरू शत्रुधनप्रसाद शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, शाखा अधिकृत सोमेश थापा तथा परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिवहरू राजाराम दाहाल, भेषप्रसाद भुर्तेल र पुष्करराज नेपाललाई प्रतिवादी बनाइएको छ ।

अख्तियारले Muehlbauer ID Services GmbH तथा Veridos GmbH र तिनका प्रतिनिधिविरुद्ध समेत भ्रष्टाचार निवारण ऐनअनुसार सजाय र बिगो असुलउपरको मागदाबी गरेको छ । आयोगले मुख्य प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ लगायतका विभिन्न प्रावधानअन्तर्गत कैद, जरिवाना र थप सजायको माग गरेको जनाएको छ ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार राहदानी छपाइसम्बन्धी बहुचर्चित खरिद प्रक्रियामा भएको भनिएको अनियमितताको विस्तृत अनुसन्धानपछि मुद्दा दायर गरिएको हो ।

आरोपपत्र : 

सम्बन्धित खवर

राहदानी छपाइ अनियमिततासम्बन्धी भ्रष्टाचार : विशेष अदालतले भन्यो – आरजु राणा प्रतिवादी होइन

राहदानी छपाइ अनियमिततासम्बन्धी भ्रष्टाचार : विशेष अदालतले भन्यो – आरजु राणा प्रतिवादी होइन

काठमाडौँ । विशेष अदालतले राहदानी छपाइ प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दामा पूर्वपरराष्ट्रमन्त्री आरजु...

‘न्यायाधीशले कानून होइन पैसा बुझ्छन्’ भन्ने क्षेत्रीविरुद्ध अदालतको अवहेलना मुद्दा

‘न्यायाधीशले कानून होइन पैसा बुझ्छन्’ भन्ने क्षेत्रीविरुद्ध अदालतको अवहेलना मुद्दा

काठमाडौं । बेलायतमा बसोबास गर्दै आएका रसुवा, आमाछाेदिङमा  गाउँपालिका ४  का धर्मराज थापा क्षेत्रीविरुद्ध...

साताको अदालत : कैदी कुट्ने प्रहरीलाई जन्मकैद, अदालतको हस्ताक्षर कीर्तेदेखि क्यानका पूर्व महानिर्देशकलाई थुन्नेसम्म

साताको अदालत : कैदी कुट्ने प्रहरीलाई जन्मकैद, अदालतको हस्ताक्षर कीर्तेदेखि क्यानका पूर्व महानिर्देशकलाई थुन्नेसम्म

काठमाडौँ । यो साता विशेष अदालतदेखि जिल्ला अदालत र उच्च अदालतसम्म भ्रष्टाचार, किर्ते र...

पश्चातदर्शी कानून बनाउँदा हजुरबाहरु बहुविवाहमा जेल जान्छन् !

पश्चातदर्शी कानून बनाउँदा हजुरबाहरु बहुविवाहमा जेल जान्छन् !

काठमाडौँ । बरिष्ठ अधिवक्ता एवं पूर्वसांसद रामनारायण बिडारीले यदि पश्चातदर्शी कानून बनाउने हो भने...