काठमाडौँमा २४ घण्टामा एक हजार ५९२ सवारीसाधन ट्राफिक कारबाही

जस नेपाल

१६ असार २०८३

काठमाडौँमा २४ घण्टामा एक हजार ५९२ सवारीसाधन ट्राफिक कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले ती सवारीसाधन कारबाही गर्दा रु २० लाख २४ हजार ५६१ राजस्व सङ्कलन गरेको छ ।

कार्यालयका प्रवक्ता नरेशराज सुवेदीले विगत २४ घण्टामा मादक पदार्थ सेवन गरी सवारी चलाउने ७३ जना, राइड सेयरिङ गर्ने ८७ जना, रातो बत्ती पालना नगर्ने ७४ जना, तीव्र गतिमा चलाउने ७८ जना, लेन अनुशासन पालना नगर्ने ४७ जनालाई कारबाही गरिएको जानकारी दिए ।

यस्तै, गाडीमा कालो सिसाको प्रयोग गर्ने ८७ जना, नो हर्नमा ५६ जना, एकतर्फी बाटो भएको ठाउँमा सवारी लैजाने ३२ जना र अन्य कसुरमा एक हजार ५८ जनालाई कारबाही गरेको प्रवक्ता सुवेदीले बताउनुभयो ।

पछिल्लो समय काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले उपत्यकाभित्र ट्राफिक अनुशासन पालना नगर्ने सवारीसाधनलाई तीव्र रुपमा कारबाही गर्दै आएको छ ।

सम्बन्धित खवर

उपभोक्ता संरक्षण ऐनअन्तर्गत गर्ल्स होस्टललाई ३ लाख जरिवाना, सञ्चालनमा रोक

उपभोक्ता संरक्षण ऐनअन्तर्गत गर्ल्स होस्टललाई ३ लाख जरिवाना, सञ्चालनमा रोक

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँको नेतृत्वमा विभिन्न निकायको संयुक्त अनुगमन टोलीले न्यु फेमिली...

एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ 

एक महिनामा ६७ फरार प्रतिवादी पक्राउ 

गण्डकी । कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।...

बैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुईजना पक्राउ

बैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौँ । बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि मौरिसस लैजाने भन्दै लामो...

१५ प्रतिशत ओभरहेड थपेर चापाकल खरिद, अख्तियारले दायर गर्‍यो १६ जना विरुद्द मुद्दा 

१५ प्रतिशत ओभरहेड थपेर चापाकल खरिद, अख्तियारले दायर गर्‍यो १६ जना विरुद्द मुद्दा 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प ट्युबवेल (चापाकल) खरिद र...