आयल निगमद्वारा नियमावली संसोधन : अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

जस नेपाल

२१ असार २०८३

आयल निगमद्वारा नियमावली संसोधन : अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

काठमाडौँ । पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुने गरी पेट्रोलपम्प बन्द गर्ने व्यवसायीमाथि अब कारबाही हुने भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली, २०७५ संशोधन गर्दै पम्प बन्द गरेर कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीलाई १० लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको हो ।

निगमको सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले विनियमावलीको दफा २९ घ (१) मा संशोधन गर्दै बिक्रेताले नोजल सुक्खा (ड्राई) बनाएर पेट्रोलियम पदार्थ नपाउने अवस्था सिर्जना गर्न नपाउने प्रावधान थपेको छ ।

नयाँ व्यवस्थाअनुसार पहिलो पटक यस्तो कसुर गरे ३ लाख रुपैयाँ जरिवाना र ५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ति रोक्का गरिनेछ । दोस्रो पटक दोहोरिए ६ लाख रुपैयाँ जरिवाना र १० दिन आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक १० लाख रुपैयाँ जरिवाना तिर्नुपर्ने र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिनेछ।

पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै गत मंगलबार निगमका डिपोबाट इन्धन नउठाएपछि बुधबार देशका विभिन्न स्थानमा पेट्रोल र डिजेलको आपूर्ति प्रभावित भएको थियो । त्यसक्रममा आपूर्ति अवरुद्ध गर्ने व्यवसायीलाई कारबाही गर्न स्पष्ट कानुनी आधार नभएको निष्कर्षपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले तत्काल कानुनी व्यवस्था गर्न निर्देशन दिएकी थिइन् ।

मन्त्रीको निर्देशनलगत्तै निगमले विनियमावली संशोधन गरी इन्धनको कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि रोक्न नयाँ दण्डात्मक व्यवस्था लागू गरेको जनाएको छ ।

सम्बन्धित खवर

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । पोखरा क्षेत्रीय विमानस्थल घोटाला प्रकरणमा काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग...

प्रतिनिधिसभामा तीन वटा विधेयक  प्रस्तुत

प्रतिनिधिसभामा तीन वटा विधेयक प्रस्तुत

काठमाडाैँ । सरकारले प्रतिनिधिसभाको बैठकमा तीन वटा विधेयक प्रस्तुत गरेको छ । सिंहदरबारमा सोमबार...

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पत्रकारिताका माध्यमबाट मातृभाषाहरूको संरक्षण र...

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतलगायत देशभरका अदालतमा भएको...