टेरामक्स प्रकरणमा विशेष अदालतको फैसला : कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ, दिगम्बर झालाई एक वर्ष जेल

जस नेपाल

२२ असार २०८३

टेरामक्स प्रकरणमा विशेष अदालतको फैसला : कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ, दिगम्बर झालाई एक वर्ष जेल

माेहनबहादुर बस्नेत

काठमाडौँ । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतसमेत १६ जना प्रतिवादीहरु रहेको चर्चित टेरामक्स खरीद घोटाला प्रकरणमा विशेष अदालतले सोमबार फैसला सुनाएको छ ।

नेपाल दुरसञ्चार प्राधिकरणले गरेको टेरामक्स प्रणालीको खरीद कार्यमा तत्कालीन सञ्चारमन्त्री एवं कांग्रेस नेता मोहन बहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्य प्रतिवादी बनाएको थियो । तर, अदालतले पूर्वमन्त्री बस्नेतलाई निर्दोष रहेको भन्दै सफाइ दिएको छ ।

यस प्रकरणमा दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झालाई भने विशेष अदालतले भ्रष्टाचारी ठहर गर्दै एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ ।

प्रस्तुत मुद्दामा प्रतिवादीहरु दिगम्बर झा, धनराज ज्ञवाली र टीकावप्रसाद उप्रेतीलाई अदालतले जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको छ । झाको हकमा भने उनी तत्कालीन दुरसञ्चार प्रमुखसमेत रहेकाले ६ महिना कैद थप गरी एक वर्षको कैद तोकिएको हो ।

दिगम्बर झा

टेरामक्स घोटालासम्बन्धी मुद्दामा प्रतिवादी बनाइएका कांग्रेस नेता एवं तत्कालीन मन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवाला पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, विजयकुमार राय, रेवतीराम पन्थ, दीपेश आचार्य, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी र सन्दीप अधिकारीले सफाइ पाएका छन् ।

त्यसैगरी टेरामक्स प्रणाली खरीद कार्यमा संलग्न कम्पनीका विदेशी प्रतिनिधि र स्थानीय एजेन्टले पनि सफाइ पाउने विशेष अदालतले ठहर गरेको छ ।

नेपालका टेलिकम कम्पनीहरुको कल बाइपाससम्बन्धी अनुगमन गर्नका लागि भन्दै तत्कालीन सरकारले टेरामक्स खरीद प्रणालीसम्बन्धी मेसिन खरीद गर्ने निर्णय गरेको थियो ।

उक्त सामग्री खरीद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा २१ करोड ८३ लाख भन्दा बढी रकमको बिगो दाबीसहित मुद्दा दायर गरेको थियो ।

हेर्नुहोस् विशेष अदालतको फैसलाको सारांश–

सम्बन्धित खवर

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध ३ करोड ४६ लाखको भ्रष्टाचार मुद्दा दायर, पदबाट स्वतः निलम्बन

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध ३ करोड ४६ लाखको भ्रष्टाचार मुद्दा दायर, पदबाट स्वतः निलम्बन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष...

झापामा नियम विपरीत सञ्चालित २ सय शैक्षिक परामर्श संस्था माथि कारबाही

झापामा नियम विपरीत सञ्चालित २ सय शैक्षिक परामर्श संस्था माथि कारबाही

दमक । झापा जिल्लामा नियम विपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा आएका छन्...

पिटर मुरेलको पतन

पिटर मुरेलको पतन

बेलायतलाई विश्वका सबैभन्दा पारदर्शी र कानुनी शासन भएका लोकतान्त्रिक मुलुकहरूमध्ये एक मानिन्छ । यहाँ...

आयल निगमद्वारा नियमावली संसोधन : अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

आयल निगमद्वारा नियमावली संसोधन : अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

काठमाडौँ । पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित हुने गरी पेट्रोलपम्प बन्द गर्ने व्यवसायीमाथि अब कारबाही...