देउवा पुत्रलाई सम्पत्ति शुद्धीकरण विभागले भन्यो– सात दिनभित्र उपस्थित हुनू

जस नेपाल

२३ असार २०८३

देउवा पुत्रलाई सम्पत्ति शुद्धीकरण विभागले भन्यो– सात दिनभित्र उपस्थित हुनू

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व परराष्ट्रमन्त्री आरजु देउवा राणाका छोरा जयवीर देउवालाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ ।

विभागले मंगलबार प्रकाशित सूचनामार्फत सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानका क्रममा जयवीर देउवासँग केही कुरा बुझ्नुपर्ने भएकाले कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो ।

सूचनामा डडेलधुरा जिल्ला साविक आलिताल गाविस–५ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्ने जयवीर देउवा वा उनका वारेसलाई सूचना प्रकाशित भएको मितिले सात दिनभित्र ललितपुरको पुल्चोकस्थित विभागको कार्यालयमा उपस्थित हुन भनिएको छ ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ बमोजिम सूचना जारी गरिएको विभागले जनाएको छ ।

निर्धारित अवधिभित्र उपस्थित नभए प्रचलित कानूनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने चेतावनी विभागले दिएको छ ।

विभागले अनुसन्धानको प्रकृति वा विषयवस्तुबारे थप विवरण भने सार्वजनिक गरेको छैन ।

nn

सम्बन्धित खवर

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

वायुसेवा नियुक्ति विवादित : सरकारका नाममा कारण देखाऊ आदेश

काठमाडौँ । नेपाल वायु सेवा सञ्चालक समितिको सदस्यमा सरकारले गरेको नियुक्तिसम्बन्धी विवादमा सर्वोच्च अदालतले...

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

भ्रष्टाचार मुद्दामा रामशरण महतको स्वास्थ्य कारणले गरिएको मुलतवीको माग अस्वीकृत

काठमाडौँ । भ्रष्टाचारको आरोप लागेका पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतको मुद्दालाई स्वास्थ्य...

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा  किनेको आरोप

भ्रष्टाचारको पैसाले श्रीमतीका नाममा जग्गा किनेको आरोप

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीले ठेक्का...

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौँ । उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२/०८३ मा ११ हजार ४६८ मुद्दा...