विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्य सिफारिस, एकैपटक २१२ न्यायाधीशको सरुवा (सूचिसहित)

जस नेपाल

१ साउन २०८३

विशेष अदालतको अध्यक्षमा बासुदेव आचार्य सिफारिस, एकैपटक २१२ न्यायाधीशको सरुवा (सूचिसहित)

काठमाडौँ । न्यायपरिषद्ले एकैपटक २ सय बढी न्यायाधीशहरुकाे सरुवाका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ ।

परिषद्को असार ३२ गते बसेको बैठकले उच्च अदालत तर्फ ५० जना, जिल्ला तर्फ १५७ जना, न्यायाधीकरण तर्फ ३ जना, विशेषा अदालत १ र श्रम अदालतमा १ जनाकाे सरुवा सिफारिस गर्ने निर्णय गरेकाे हाे ।

निर्णयअनुसार उच्च अदालत पाटन, जनकपुर, पोखरा, तुलसीपुर, विराटनगर, सुर्खेत, दिपायल, वीरगञ्ज र अन्य उच्च अदालतहरूका विभिन्न न्यायाधीशहरूको अन्तरअदालत सरुवा सिफारिस गरिएको छ । केही न्यायाधीशलाई विशेष अदालत तथा केहीलाई विभिन्न उच्च अदालतमा जिम्मेवारी परिवर्तनका लागि सिफारिस गरिएको परिषद्को निर्णयमा उल्लेख छ ।

बैठकले विशेष अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश बासुदेव आचार्यलाई नियुक्तिका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । भने विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्टलाई उच्च अदालत सुर्खेतमा सरुवा सिफारिस गर्ने निर्णय पनि गरेको छ । भट्ट गत भदौदेखि विशेष अदालतको अध्यक्षका रूपमा कार्यरत थिए ।

न्यायपरिषद्को निर्णय कार्यान्वयनका लागि नेपाल सरकारसमक्ष पठाइनेछ । सरकारको स्वीकृतिपछि सिफारिसअनुसार नियुक्ति र सरुवा प्रक्रिया अगाडि बढ्नेछ ।

हेर्नुहाेस् काे काे कहाँ सरुवा सिफारिस भए :

सम्बन्धित खवर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

गगन थापा पक्षको वैधानिकतामा प्रश्न उठाउने यी दुई नजिर

काठमाडौँ । सर्वोच्च अदालतले शेरबहादुर देउवा समूह र नेपाली कांग्रेसको संस्थापन पक्षबीचको मुद्दामा पुनरावलोकनको अनुमति...

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

कस्तो अवस्थामा गर्छ सर्वोच्च अदालतले पुनरावलोकन ?

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेपाली कांग्रेससम्बन्धी निर्वाचन...

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

अदालतको काम, कहिले जाला घाम ! (भिडियाे सहित)

काठमाडौँ । उदयपुर, गाईघाट निवासी राधा दाहाल यसैसाता गृहमन्त्री सुधन गुरुङलाई भेट्ने भन्दै सिंहदरबारको...

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

संसदले जगाउनुपर्ने कानून अदालतले जगायो, बालेन सरकारका १२ अध्यादेश निष्क्रिय

काठमाडौँ । बालेन शाह नेतृत्वको सरकारले गत वैशाखमा संसद् अधिवेशन रोकेर ल्याएका चार अध्यादेशसहित...