उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

जस नेपाल

४ साउन २०८३

उच्च अदालत पाटनमा एक वर्षमा ११ हजार ४६८ मुद्दा फछ्र्योट

काठमाडौँ । उच्च अदालत पाटनले गत आर्थिक वर्ष २०८२/०८३ मा ११ हजार ४६८ मुद्दा फछ्र्योट गरेको छ ।

अदालतमा कूल लगत १६ हजार १३९ मुद्दा रहेकामा ११ हजार ४६८ मुद्दा फछ्र्योट भएको हो ।

न्यायालयले दुई वर्ष नाघेका र १८ महिना नाघेका मुद्दा शून्यमा झार्न सफल भएको छ । त्यस्तै, एक वर्ष नाघेका ३५३ रहेका छन् ।

मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजनाअनुसार १८ वर्षमुनिका मुद्दा शून्यमा झार्न सफल भएको जिकिर गरे ।

“विकास निर्माण र राजस्व असुलीका मुद्दालाई विशेष प्राथमिकता दिएका छौँ”, उनले भने ।

उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा ७४० थान मुद्दा फछ्र्योट गरेको र एक वर्ष नाघेका थुनुवा मुद्दा १२ थान बाँकी रहेको जनाएको छ ।

मातहतका जिल्लामा सिन्धुपाल्चोकले ७७.४, रसुवाले ७५.६ र जिल्ला अदालत काठमाडौँले सबैभन्दा कम ४२.३ प्रतिशत मुद्दा फछ्र्योट गरेका छन् ।
–––

सम्बन्धित खवर

झुट्टा विवरण पेस गरी शिक्षक बनेका नवराज केसीसहित दुईजनाविरुद्ध मुद्दा दायर 

झुट्टा विवरण पेस गरी शिक्षक बनेका नवराज केसीसहित दुईजनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ । लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसीले झुट्टा विवरण पेस...

सर्वोच्चले भन्यो गाउँ कार्यपालिकाको कार्यविधि बदर गर्ने अधिकार संवैधानिक इजलासलाई छैन (पूर्णपाठसहित)

सर्वोच्चले भन्यो गाउँ कार्यपालिकाको कार्यविधि बदर गर्ने अधिकार संवैधानिक इजलासलाई छैन (पूर्णपाठसहित)

काठमाडौँ । सुनकोशी गाउँपालिकाको शिक्षा सम्बन्धी कार्यविधि २०७५ का केही प्रावधान संघीय शिक्षा नियमावलीसँग...

बिल मिलेन भन्दै घुस माग्ने कर अधिकृत र सीए विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिल मिलेन भन्दै घुस माग्ने कर अधिकृत र सीए विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड...

सर्वोच्चले भन्यो पुनरावलोकनमा पूर्ण पुनर्मूल्याङ्कन होइन, सीमित आधारमै फैसला गर्नुपर्ने (पूर्णपाठसहित)

सर्वोच्चले भन्यो पुनरावलोकनमा पूर्ण पुनर्मूल्याङ्कन होइन, सीमित आधारमै फैसला गर्नुपर्ने (पूर्णपाठसहित)

काठमाडौँ। श्रीमानको हत्यामा दोषी ठहर भएकी रोल्पाकी चान्ची घर्तीलाई सर्वोच्च अदालतको पूर्ण इजलासले जन्मकैदको...