सपना प्रधान मल्ल पुनः कायम मुकायम प्रधानन्यायाधीश

जस नेपाल

८ साउन २०८३

सपना प्रधान मल्ल पुनः कायम मुकायम प्रधानन्यायाधीश

काठमाडौँ । सर्वोच्च अदालतको कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पुन: न्यायाधीश सपना प्रधान मल्लले पाएकी छन् ।

प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा छिमेकी राष्ट्र भारतको औपचारिक भ्रमणमा निस्किएपछि मल्लले उक्त जिम्मेवारी पाएकी हुन् ।

प्रधानन्यायाधीश शर्मा भारतका प्रधानन्यायाधीश सूर्य कान्तको निमन्त्रणामा बिहीबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका हुन् । धर्मपत्नी उमा शर्मा र सह रजिस्ट्रार अमित उप्रेतीसहित भ्रमणमा गएका प्रधानन्यायाधीश शर्माले भारतको सर्वोच्च अदालतको समेत भ्रमण गर्ने तालिका रहेको छ ।

कामु प्रधानन्यायाधीशको जिम्मेवारी पाएकी मल्ल प्रधानन्यायाधीश शर्मालाई बिदाइ गर्न बिमानस्थलसम्म पुगेकी थिइन् ।

डा. शर्मा साउन ११ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।

यसअघि पनि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षको उमेर हदका कारण अनिवार्य अवकाश भएसँगै न्यायाधीश सपना प्रधान मल्लले कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिसकेकी छन् ।

सम्बन्धित खवर

झुट्टा विवरण पेस गरी शिक्षक बनेका नवराज केसीसहित दुईजनाविरुद्ध मुद्दा दायर 

झुट्टा विवरण पेस गरी शिक्षक बनेका नवराज केसीसहित दुईजनाविरुद्ध मुद्दा दायर 

काठमाडौँ । लमजुङको सुन्दरबजारस्थित आदर्श बाल माध्यमिक विद्यालयका शिक्षक नवराज केसीले झुट्टा विवरण पेस...

सर्वोच्चले भन्यो गाउँ कार्यपालिकाको कार्यविधि बदर गर्ने अधिकार संवैधानिक इजलासलाई छैन (पूर्णपाठसहित)

सर्वोच्चले भन्यो गाउँ कार्यपालिकाको कार्यविधि बदर गर्ने अधिकार संवैधानिक इजलासलाई छैन (पूर्णपाठसहित)

काठमाडौँ । सुनकोशी गाउँपालिकाको शिक्षा सम्बन्धी कार्यविधि २०७५ का केही प्रावधान संघीय शिक्षा नियमावलीसँग...

बिल मिलेन भन्दै घुस माग्ने कर अधिकृत र सीए विरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिल मिलेन भन्दै घुस माग्ने कर अधिकृत र सीए विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सिरहाको लहानस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड...

सर्वोच्चले भन्यो पुनरावलोकनमा पूर्ण पुनर्मूल्याङ्कन होइन, सीमित आधारमै फैसला गर्नुपर्ने (पूर्णपाठसहित)

सर्वोच्चले भन्यो पुनरावलोकनमा पूर्ण पुनर्मूल्याङ्कन होइन, सीमित आधारमै फैसला गर्नुपर्ने (पूर्णपाठसहित)

काठमाडौँ। श्रीमानको हत्यामा दोषी ठहर भएकी रोल्पाकी चान्ची घर्तीलाई सर्वोच्च अदालतको पूर्ण इजलासले जन्मकैदको...