‘कामी’ कि ‘विश्वकर्मा’? सर्वोच्चमा उठ्यो जातीय पहिचान र आत्मसम्मानको प्रश्न

जस नेपाल

१७ साउन २०८३

‘कामी’ कि ‘विश्वकर्मा’? सर्वोच्चमा उठ्यो जातीय पहिचान र आत्मसम्मानको प्रश्न

काठमाडौँ । सरकारी कागजातमा आफ्नो जातकामीहोइन, ‘विश्वकर्मालेख्न पाउनुपर्ने माग गर्दै परेको एउटा रिटले सर्वोच्च अदालतमा जातीय पहिचानसँगै आत्मसम्मान सम्मानपूर्वक बाँच्न पाउने अधिकारको प्रश्न उठाएको

विश्वकर्मा एकता समाज नेपालका अध्यक्ष गोपाल विश्वकर्माले दायर गरेको रिटमा राज्यका सम्पूर्ण दस्तावेज, नीति, नियम, कानुन तथा तथ्यांकमाकामीशब्द हटाएरविश्वकर्माजात लेख्ने व्यवस्था गर्न माग गरिएको थियो

निवेदकको भनाइमाकामीशब्द ऐतिहासिक रूपमा अपमान विभेदसँग जोडिँदै आएको राज्यले समेत यही नामबाट समुदायलाई सम्बोधन गरिरहँदा आफ्नो पहिचान आत्मसम्मानमा चोट पुगेको उनको दाबी थियो

जनगणनादेखि सरकारी अभिलेखसम्म

रिट दायर हुँदा राष्ट्रिय जनगणना २०७८ को तयारी अन्तिम चरणमा थियो त्यसैले निवेदकले आगामी जनगणनामा समेतकामीको सट्टाविश्वकर्मालेख्ने व्यवस्था गर्न अन्तरिम आदेश माग गरेका थिए

तर, केन्द्रीय तथ्याङ्क विभागले जनगणनामा जातसम्बन्धी प्रश्न खुला हुने उत्तरदाताले आफूले भनेको जात नै गणकले टिप्ने गरेको जवाफ दियो

विभागका अनुसार विगतका जनगणनामाकामी’  नाम पनि उत्तरदाताले दिएको जवाफकै आधारमा राखिएको हो २०७८ को जनगणनाको प्रश्नावलीसमेत विभिन्न सरोकारवाला, आयोग, समुदाय तथा विज्ञसँग छलफल गरेर अन्तिम भइसकेकाले त्यस चरणमा नाम परिवर्तनको माग असान्दर्भिक रहेको विभागको तर्क थियो

सरकारको जवाफ- ‘कामी’  र ‘विश्वकर्मा’ पर्यायवाची

सरकारका विभिन्न निकायले रिट खारेज गर्न माग गरे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेकामीविश्वकर्मा’  नेपाली शब्दकोशमा पर्यायवाची शब्दका रूपमा रहेको भन्दै दुवैबीच कानुनी भिन्नता नरहेको जिकिर गर्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले व्यक्तिले आफ्नो थर कानुनी प्रक्रियाबाट सच्याउन सक्ने भन्दै यो विषय राज्यको सामाजिक तथा नीतिगत क्षेत्रबाट सम्बोधन हुनुपर्ने तर्क गर्यो

गृह मन्त्रालयले आफ्नो कुन काम वा निर्णयबाट निवेदकको संवैधानिक हक हनन भयो भन्ने कुरा रिटमा स्पष्ट नभएको दाबी गर्यो

निवेदकको तर्क – नाम मात्रै होइन, पहिचानको सवाल

निवेदक पक्षले नामकरण व्यक्तिको आत्मसम्मान पहिचानको केन्द्रीय तत्व भएको तर्क गर्यो ऐतिहासिक रूपमा विभेदमा परेको समुदायलाई राज्यले नै पुरानो अपमानजनक वर्गीकरणबाट चिनाइराख्नु संविधानले सुनिश्चित गरेको सम्मानपूर्वक बाँच्न पाउने हक सामाजिक न्यायको हकविपरीत हुने उनीहरूको भनाइ थियो

आफ्नो पहिचानअनुसार सरकारी अभिलेखमा प्रतिनिधित्व हुन पाउनु पनि मौलिक हककै हिस्सा भएको निवेदक पक्षको दाबी थियो

सर्वोच्चमा पहिलो प्रश्न- यो मुद्दा हाल्ने हक कसलाई  ?

फैसला गर्दा सर्वोच्च अदालतले सबैभन्दा पहिले निवेदक संस्थालाई यस्तो रिट दायर गर्ने हकदैया कि छैन भन्ने प्रश्नमा विचार गर्यो

सरकार पक्षले भने दलित समुदायको थर तथा पहिचानसम्बन्धी विषयमा नीतिगत निर्णय गर्ने अधिकार राष्ट्रिय दलित आयोगसँग रहेको भन्दै निवेदक संस्थाले यस्तो रिट दायर गर्न नमिल्ने तर्क गरेको थियो

तर सर्वोच्च अदालतले यो तर्क स्वीकार गरेन

अदालतले कामीको साटो विश्वकर्मा लेख्न दिनू भन्दै सरकारका नाममा आदेश जारी गरेको छ । सर्वोच्च अदालतले भनेको छ– ‘प्रत्येक व्यक्तिको स्वेच्छा र स्वपहिचानको अधिकार सुरक्षित रहनेछ ।’

समुदायको हकका लागि संस्थाले पनि रिट हाल्न पाउने

सर्वोच्च अदालतले संविधानको धारा १३३() ()को व्याख्या गर्दै कुनै व्यक्ति वा समुदायको हकसम्बन्धी विवादमा सम्बन्धित समुदायको हकहितका लागि काम गरिरहेको संस्था पनि अदालतमा उपचार माग गर्न सक्ने स्पष्ट गरेको

अदालतका अनुसार समुदायको पहिचान सम्मानसँग जोडिएको संवैधानिक विषयमा त्यही समुदायको हकहितका लागि स्थापित संस्थाले प्रतिनिधिमूलक रूपमा रिट निवेदन दिन नपाउने भन्न मिल्दैन

यसरी सर्वोच्चले कम्तीमा एउटा महत्वपूर्ण प्रश्नको बाटो खोलिदिएको आफ्नो समुदायको पहिचान सम्मानसँग जोडिएको विषयमा समुदायको प्रतिनिधित्व गर्ने संस्थाले अदालतको ढोका ढक्ढक्याउन सक्छ

अब मुद्दाको मूल प्रश्न भने बाँकी कामीशब्दको सट्टाविश्वकर्मानाम प्रयोग गर्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको कि छैन ? राज्यका अभिलेखमा समुदायले रोजेको नाम राख्नुपर्ने हो कि होइन ?

यही प्रश्नको जवाफले यो मुद्दालाई केवल नाम परिवर्तनको विवादभन्दा माथि उठाएर जातीय पहिचान, आत्मसम्मान मौलिक अधिकारसँग जोडिएको फैसला बनाएको छ

पढ्नुहोस् फैसला-

सम्बन्धित खवर

सर्वोच्चले सार्वजनिक गर्‍यो प्रधान न्यायालयका पुराना फैसलाको ऐतिहासिक अभिलेख

सर्वोच्चले सार्वजनिक गर्‍यो प्रधान न्यायालयका पुराना फैसलाको ऐतिहासिक अभिलेख

काठमाडौँ । सर्वोच्च अदालतले प्रधान न्यायालय स्थापनाकालका ऐतिहासिक फैसलाहरूलाई समेटेर ‘नेपाल कानून पत्रिका (पुरानो...

पत्रकार र अदालतको ५३ वर्षे जुहारी, हेर्नुहोस् २१ नजीर

पत्रकार र अदालतको ५३ वर्षे जुहारी, हेर्नुहोस् २१ नजीर

काठमाडौँ । नेपालमा सर्वोच्च अदालतको स्थापना विसं २००८ मा प्रधान न्यायालयका रुपमा भएको पाइन्छ...

त्रिविले प्रकाशित गर्‍यो B.A.LL.B दशौं सेमेस्टरको नतिजा

त्रिविले प्रकाशित गर्‍यो B.A.LL.B दशौं सेमेस्टरको नतिजा

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले बी.ए. एलएल.बी कार्यक्रमको २०७७/२०२१ ब्याचको दशौं सेमेस्टरको नतिजा प्रकाशित गरेको...

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौँ । अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक भएको छ...