मोज्ताबा खामेनीको खोजीमा अमेरिका र इजरायल, प्रविधिभन्दा मानव गुप्तचरतर्फ जोड

जस नेपाल

१९ साउन २०८३

मोज्ताबा खामेनीको खोजीमा अमेरिका र इजरायल, प्रविधिभन्दा मानव गुप्तचरतर्फ जोड

इरानका सर्वोच्च नेता मोज्ताबा खामेनी लामो समयदेखि सार्वजनिक रूपमा नदेखिएपछि उनको अवस्थाबारे विभिन्न अनुमान भइरहेका छन् । 

सन् २०२६ फेब्रुअरी २८ मा भएको अमेरिकीइजरायली सैन्य कारबाहीमा इरानका तत्कालीन सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मारिएपछि उनका छोरा मोज्ताबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाइएको थियो । त्यसयता उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । उनको सुरक्षा र अवस्थिति अत्यन्त गोप्य राखिएको बताइन्छ

रिपोर्टहरूमा मोज्ताबाले लामो समयदेखि मोबाइल फोन, ल्यापटप वा अन्य विद्युतीय उपकरण प्रयोग नगरेको उल्लेख गरिएको छ । उनको अवस्थिति पत्ता लगाउन सक्ने डिजिटल संकेतबाट समेत बच्न उनले सञ्चार उपकरण प्रयोग नगरेको हुन सक्ने अनुमान गरिएको छ । उनी सुरक्षित भूमिगत स्थानबाट शासन सञ्चालनमा संलग्न रहेको हुन सक्ने सम्भावना औंल्याइएको छ

मोज्ताबाको सार्वजनिक अनुपस्थितिलाई लिएर उनको स्वास्थ्य र सुरक्षाबारे पनि विभिन्न अड्कलबाजी भइरहेका छन् । उनका बुबामाथि भएको हवाई आक्रमणका क्रममा उनी घाइते भएको र त्यसपछि सार्वजनिक रूपमा देखा पर्न नचाहेको हुन सक्ने अनुमान पनि गरिएको छ। यद्यपि, यी दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन

यसअघि अली खामेनीको अवस्थिति पत्ता लगाउन अमेरिकी राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) र इजरायली सैन्य गुप्तचर युनिट ८२०० बीच प्रविधिमा आधारित सहकार्य भएको बताइएको थियो। सञ्चार निगरानी, साइबर क्षमता तथा तेहरानका निगरानी प्रणालीबाट प्राप्त सूचनाको विश्लेषणमार्फत तत्कालीन सर्वोच्च नेताको अवस्थिति पत्ता लगाइएको दाबी गरिँदै आएको छ

तर मोज्ताबाको खोजीमा भने त्यस्तो प्रविधिमा आधारित निगरानी प्रभावकारी नहुन सक्ने देखिएपछि गुप्तचर संयन्त्रले मानव स्रोतमा आधारित सूचनातर्फ ध्यान केन्द्रित गरेको रिपोर्टहरूमा उल्लेख छ । गुप्तचर भाषामा ‘ह्युमन इन्टेलिजेन्स’ भनिने यस्तो विधिमा स्थानीय सम्पर्क, प्रत्यक्ष सूचना र मानव सञ्जालमार्फत लुकेका व्यक्तिको गतिविधि पत्ता लगाउने प्रयास गरिन्छ

यसबीच, केही गुप्तचर अधिकारीहरूले मोज्ताबा खामेनी जीवित नरहेको हुन सक्ने आशंकासमेत व्यक्त गरेको रिपोर्टमा उल्लेख छ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले युद्धको अवस्थामा राजनीतिक र सैन्य मनोबल कायम राख्न उनलाई जीवित रहेको देखाइरहेको हुन सक्ने अनुमान पनि गरिएको छ। तर यस दाबीको पुष्टि गर्ने ठोस प्रमाण सार्वजनिक भएको छैन

आयतुल्लाह अली खामेनीका छोरा मोज्ताबाको वास्तविक अवस्थिति पत्ता लगाउन अमेरिका र इजरायल सफल भए त्यसले पश्चिम एसियाको बदलिँदो शक्ति समीकरणमा नयाँ प्रश्न खडा गर्न सक्छ । उनी जीवित रहेको पुष्टि भए उनको अवस्थिति र सुरक्षा इरानसँगको आगामी रणनीतिमा महत्वपूर्ण बन्नेछ भने उनको मृत्यु भएको पुष्टि भए इरानको नेतृत्व संरचना र युद्ध रणनीतिमा त्यसको गम्भीर प्रभाव पर्न सक्नेछ

त्यसैले अहिलेको मुख्य प्रश्न केवल मोज्ताबा खामेनी कहाँ छन् भन्ने मात्र होइन, उनीबारे प्राप्त हुने सूचनालाई अमेरिका र इजरायलले आफ्नो आगामी रणनीतिमा कसरी प्रयोग गर्छन् भन्ने पनि हो

सम्बन्धित खवर

ग्राहकको कपडा जलाउने ड्राइ क्लिनरलाई १४ हजार जरिवाना

ग्राहकको कपडा जलाउने ड्राइ क्लिनरलाई १४ हजार जरिवाना

काठमाडौँ । भारतको छत्तीसगढस्थित जिल्ला उपभोक्ता विवाद प्रतितोष आयोगले ग्राहकको शेरवानी (कपडा) इस्त्री गर्ने...

विवाहित छोरीलाई ‘मिलापत्र गर’ नभन्नू : इलाहाबाद उच्च अदालत

विवाहित छोरीलाई ‘मिलापत्र गर’ नभन्नू : इलाहाबाद उच्च अदालत

विवाहित छोरीले दहेज उत्पीडन वा घरेलु क्रूरताको गुनासो गर्दा परिवारले ‘मिलापत्र गर, समायोजन गर’...

मन्त्रीज्यू, यता छ प्रमाण ! कानून दिवसकै दिन सपना प्रधानले गरेकी थिइन् महाअभियोगको चर्चा

मन्त्रीज्यू, यता छ प्रमाण ! कानून दिवसकै दिन सपना प्रधानले गरेकी थिइन् महाअभियोगको चर्चा

काठमाडौँ । बालेन सरकार, कानूनमन्त्री सोविता गौतम अनि संसदीय समितिकी सभापति समीक्षा बास्कोटा यतिबेला...

बलात्कारसम्बन्धी फैसलामा ‘असहाय महिला’ जस्ता शब्द प्रयोग नगर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

बलात्कारसम्बन्धी फैसलामा ‘असहाय महिला’ जस्ता शब्द प्रयोग नगर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

काठमाडौँ । भारतको सर्वोच्च अदालतले बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी मुद्दाको फैसला लेख्दा लैङ्गिक पूर्वाग्रह...