पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

जस नेपाल

१९ साउन २०८३

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा नगद रु पाँच लाखसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा सोमबार दुई जनालाई पक्राउ गरेको छ । 

नेपालगन्ज उपमहानगरपालिका-४ स्थित न्युरोडमा लागुऔषधको कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा र वडा प्रहरी कार्यालय नेपालगन्जको संयुक्त टोलीले ५२६ दशमलव २९० ग्राम लागुऔषधसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । 

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-४ का ३० वर्षीय सुशील भण्डारीका साथबाट १३६ ग्राम ८५० मिलिग्राम लागुऔषध फेला परेको छ । 

नेपालगन्ज उपमहानगरपालिका-१० का ५५ वर्षीय अजयकुमार जयशवालका साथबाट ३८९ ग्राम ४५ मिलिग्राम लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए  । 

उनका अनुसार उनीहरुका साथबाट भारतीय रुपैयाँ दुई लाख एक हजार ४०० रकम र रु एक लाख ८० हजारसहित रु पाँच लाख दुई हजार २४० बरामद भएको छ । प्रहरीले उनीहरुबाट एक थान डिजिटल तराजु र दुई थान मोबाइलसमेत बरामद भएको जनाएको छ । 

उनीहरुमाथि लागुऔषध कारोबारमा मुद्दा चलाई मङ्गलबार जिल्ला अदालतबाट म्याद थप गरिने प्रहरी नायब उपरीक्षक राठौरको भनाइ छ । पछिल्लो समय दिनहुँजसो नेपालगन्जमा लागुऔषध कारोबारी धमाधम पक्राउ परेका छन् । 

सम्बन्धित खवर

कर्मा ग्याङको लुटपाट मच्चाउने त्यो ‘मास्टर प्लान’, कसरी परे प्रहरीको फन्दामा ?

कर्मा ग्याङको लुटपाट मच्चाउने त्यो ‘मास्टर प्लान’, कसरी परे प्रहरीको फन्दामा ?

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरमा होलसेल...

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत कर्मचारी तथा लेखापढी...

वीरगञ्जमा शिनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा

वीरगञ्जमा शिनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा...

नक्कली प्रमाणपत्र देखाएर जागिर खाएका इन्जिनियरविरुद्ध मुद्दा दायर 

नक्कली प्रमाणपत्र देखाएर जागिर खाएका इन्जिनियरविरुद्ध मुद्दा दायर 

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान...