नक्कली प्रमाणपत्र देखाएर जागिर खाएका इन्जिनियरविरुद्ध मुद्दा दायर 

जस नेपाल

१५ साउन २०८३

नक्कली प्रमाणपत्र देखाएर जागिर खाएका इन्जिनियरविरुद्ध मुद्दा दायर 

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक इन्जिनियरविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिअनुसार वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा इन्जिनियर (कम्प्युटर) पदमा कार्यरत राकेश कुमार दासले भारतको बिहार स्कूल एक्जामिनेसन बोर्ड, पटनाबाट लिएको भनिएको इन्टरमिडिएट र श्री वेङ्कटेश्वर विश्वविद्यालय, तिरुपतिबाट लिएको भनिएको ब्याचलर अफ इन्जिनियरिङ (कम्प्युटर साइन्स) को प्रमाणपत्र झुट्टा रहेको पुष्टि भएको छ ।

उनी नियुक्ति लिँदा नै नक्कली प्रमाणपत्र पेस गरी इन्जिनियर पदमा नियुक्त भएका र त्यसबाट ओहोदा, लाभ तथा सुविधा समेत लिइरहेका थिए । अख्तियारको अनुसन्धानबाट यो तथ्य खुलेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर ठहर गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

हेर्नुहोस् विज्ञप्ति – 

 

सम्बन्धित खवर

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा कार्यरत कर्मचारी तथा लेखापढी...

वीरगञ्जमा शिनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा

वीरगञ्जमा शिनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा...

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ

काठमाडौँ । स्मार्ट टेलिकमको उपकरण लिलामी घोटालामा सिआइबीले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई...

सिरहा झडप : गोली लागेका एक जनाको मृत्यु

सिरहा झडप : गोली लागेका एक जनाको मृत्यु

सिरहा । सिरहामा भएको झडपमा गोली लागेर गम्भीर घाइते भएका एक किशोरको मृत्यु भएको...