वीरगञ्जमा शिनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा

जस नेपाल

१५ साउन २०८३

वीरगञ्जमा शिनिबार बिहान ६ बजेसम्म निषेधाज्ञा

पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार पनि वीरगञ्ज महानगरपालिकाका विभिन्न चार स्थानमा निषेधाज्ञा आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भोला दाहालले आज (शुक्रबार) साँझ ५ः०० बजेदेखि लागू हुने गरी पूर्वतर्फ प्रतिमा चौक (बसपार्क बाइपास रोड), तिलावे पुल (पश्चिम), गण्डक चौक (उत्तर) र शङ्कराचार्य गेट (दक्षिण) मा भोलि शनिबार बिहान ६ः०० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

जिल्ला सुरक्षा समितिको निर्णयानुसार ती चार स्थानमा पाँच जनाभन्दा बढी मानिसहरु जम्मा/भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको हो । उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने व्यहोरासमेत सूचित गरिएको छ । बिहीबार (हिजो) पनि सोही समयमा सोही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो ।

सम्बन्धित खवर

लागुऔषधसहित पाँच जना पक्राउ

लागुऔषधसहित पाँच जना पक्राउ

चितवन। नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला...

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

हिरासतमा कैदीकाे मृत्युविरुद्धको रिट : सर्वोच्चले सरकारसँग माग्यो लिखित जवाफ (आदेश सहित )

काठमाडौँ । राज्यको नियन्त्रणमा रहेका नागरिकहरूको जीवन सुरक्षा सुनिश्चित गर्न माग गर्दै दायर परमादेशको...

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

खैरो हेरोइन र ट्रामाडोलसहित पाँच जना पक्राउ

काठमाडौँ ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका-९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने...

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

दुई सय सात किलो गाँजासहित एक जना पक्राउ

काठमाडौँ।नियमित गस्तीमा रहेको प्रहरीको टोलीले पर्साको बिन्दवासिनी गाउँपालिका-५ बाट २०७ किलोग्राम गाँजासहित एक जनालाई...