भ्याक्सिनेटरबाट २० प्रतिशत कमिसन लिने कार्यालय प्रमुखसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा

जस नेपाल

२१ साउन २०८३

भ्याक्सिनेटरबाट २० प्रतिशत कमिसन लिने कार्यालय प्रमुखसहित दुईविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । सप्तरीको राजविराजस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवले भ्याक्सिनेटरहरूबाट सेवा शुल्कको २० प्रतिशत कमिसन स्वरूप घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो। अनुसन्धानबाट डा. दासले कार्यालय प्रमुखको हैसियतमा कृषकका पशु चौपायालाई खोप लगाउन भ्याक्सिनेटर नियुक्त गरेको र कार्यक्रम सम्पन्न भएपछि कानूनअनुसार पाउनुपर्ने पारिश्रमिक भुक्तानी दिन लगाए बापत चालक भोगेन्द्र यादवसँग मिलेमतो गरी कम्तीमा २० प्रतिशत रकम घुस माग्ने बार्गेनिङ गरेको पाइएको छ।

उनीहरूले भ्याक्सिनेटरहरूलाई बाध्य बनाएर कुल एक लाख बत्तीस हजार तीन सय पचास रुपैयाँ घुस/रिसवत लिएको प्रमाणित भएको आयोगले जनाएको छ।

अख्तियारले यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिमको कसुर भएको ठहर गर्दै विगो एक लाख बत्तीस हजार तीन सय पचास रुपैयाँ कायम गरी कैद र बिगोबमोजिम जरिवानाको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

हेर्नुहोस् विज्ञप्ति –

सम्बन्धित खवर

दुग्ध अनुदान दुरुपयोग आराेपमा ११ जनाविरुद्ध मुद्दा दायर

दुग्ध अनुदान दुरुपयोग आराेपमा ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला रूकुम पश्चिमको आठबीसकोट नगरपालिकामा दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत...

धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणालीपछि मुद्दा फर्छ्यौटमा सुधार

धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणालीपछि मुद्दा फर्छ्यौटमा सुधार

जनकपुरधाम। धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष २०८२/८३ मा पाँच हजार २१६ मुद्दा...

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा : झापा जिल्ला अदालत 

मिलापत्रमै टुङ्गिन्छन् सम्बन्धविच्छेदका मुद्दा : झापा जिल्ला अदालत 

भद्रपुर (झापा) ।  सम्बन्धविच्छेदका लागि अदालत पुग्ने अधिकांश दम्पती अन्ततः आपसी सहमतिमै छुट्टिने गरेको...

सांसदलाई विकास कोष दिनु असंवैधानिक : सर्वोच्च अदालत (पूर्णपाठ सहित)

सांसदलाई विकास कोष दिनु असंवैधानिक : सर्वोच्च अदालत (पूर्णपाठ सहित)

काठमाडौँ  । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारले प्रदेशसभा सदस्यलाई प्रत्यक्ष निर्वाचितलाई...