ग्राहकको कपडा जलाउने ड्राइ क्लिनरलाई १४ हजार जरिवाना

जस नेपाल

२१ साउन २०८३

ग्राहकको कपडा जलाउने ड्राइ क्लिनरलाई १४ हजार जरिवाना

काठमाडौँ । भारतको छत्तीसगढस्थित जिल्ला उपभोक्ता विवाद प्रतितोष आयोगले ग्राहकको शेरवानी (कपडा) इस्त्री गर्ने क्रममा जलाइदिएको भन्दै एक ड्राइ क्लिनिङ पसललाई १४ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

आयोगले पसललाई सेवामा लापरबाही ‘Deficiency in Service’ र अनुचित व्यापारिक अभ्यास ‘Unfair Trade Practice’ गरेको ठहर गर्दै शेरवानीको मूल्यबापत ६ हजार रुपैयाँ, मानसिक क्षतिपूर्तिबापत ३ हजार रुपैयाँ र मुद्दा खर्चबापत ५ हजार रुपैयाँ गरी कुल १४ हजार रुपैयाँ तिर्न आदेश दिएको हो ।

रायपुर जिल्ला उपभोक्ता विवाद प्रतितोष आयोगका अध्यक्ष दकेश्वर प्रसाद शर्मा तथा सदस्यहरू निरुपमा प्रधान र अनिलकुमार अग्निहोत्रीको इजलासले ग्राहकले आफ्नो लुगा सावधानीपूर्वक सफा र इस्त्री गरिने विश्वासका साथ जिम्मा लगाएको भए पनि पसलको लापरबाहीका कारण शेरवानीमा क्षति पुगेको निष्कर्ष निकालेको छ । उजुरीअनुसार ग्राहकले सन् २०१९ सेप्टेम्बर ८ मा विवाहमा प्रयोग हुने चार सेट लुगा ड्राइ क्लिनिङ र इस्त्रीका लागि पसलमा दिएका थिए । तीमध्ये करिब १२ हजार रुपैयाँ मूल्यको बेहुलाले लगाउने शेरवानी कोइलाको इस्त्री प्रयोग गर्ने क्रममा दोस्रो बटनमाथिको भाग जलेको थियो ।

घटनापछि ग्राहकले पटक-पटक क्षतिपूर्तिको माग गरे पनि पसलले अस्वीकार गरेपछि उनले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले उक्त विषयलाई गैरफौजदारी ‘Non-cognisable’ प्रकृतिको भन्दै उपभोक्ता अदालत जान सुझाव दिएको थियो ।

मुद्दाको सुनुवाइका क्रममा पसलका तर्फबाट कुनै प्रतिनिधि उपस्थित भएनन् । आयोगले ग्राहकले पेस गरेका जलेको शेरवानीका तस्बिर, खरिद बिल, कानुनी नोटिस र प्रहरी उजुरीलाई प्रमाणका रूपमा स्वीकार गर्दै तस्बिरले शेरवानी जलेको स्पष्ट देखिएको उल्लेख गरेको छ ।

आयोगले पसलले ग्राहकको दाबी खण्डन गर्न कुनै प्रमाण पेस नगरेकाले लापरबाही पुष्टि भएको निष्कर्ष निकाल्दै क्षतिपूर्ति दिन आदेश दिएको हो ।

सम्बन्धित खवर

विवाहित छोरीलाई ‘मिलापत्र गर’ नभन्नू : इलाहाबाद उच्च अदालत

विवाहित छोरीलाई ‘मिलापत्र गर’ नभन्नू : इलाहाबाद उच्च अदालत

विवाहित छोरीले दहेज उत्पीडन वा घरेलु क्रूरताको गुनासो गर्दा परिवारले ‘मिलापत्र गर, समायोजन गर’...

बलात्कारसम्बन्धी फैसलामा ‘असहाय महिला’ जस्ता शब्द प्रयोग नगर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

बलात्कारसम्बन्धी फैसलामा ‘असहाय महिला’ जस्ता शब्द प्रयोग नगर्न भारतीय सर्वोच्च अदालतको निर्देशन

काठमाडौँ । भारतको सर्वोच्च अदालतले बलात्कार तथा यौनजन्य हिंसासम्बन्धी मुद्दाको फैसला लेख्दा लैङ्गिक पूर्वाग्रह...

‘न्यायालय लाइक-कमेन्टले होइन, संविधानले चल्छ’ : भारतीय सर्वोच्च अदालतका न्यायाधीश बाग्ची

‘न्यायालय लाइक-कमेन्टले होइन, संविधानले चल्छ’ : भारतीय सर्वोच्च अदालतका न्यायाधीश बाग्ची

काठमाडौँ । भारतका सर्वोच्च अदालतका न्यायाधीश जयमाल्य बाग्चीले सामाजिक सञ्जालले न्याय प्रणालीमाथि बढ्दो प्रभाव...

ट्रम्प भन्छन् ‘इरानसँग वार्ता भयो’, इरान भन्छ ‘हामीलाई थाह छैन’

ट्रम्प भन्छन् ‘इरानसँग वार्ता भयो’, इरान भन्छ ‘हामीलाई थाह छैन’

काठमाडौँ । इरानले अमेरिकासँग शान्ति वार्ता भइरहेको भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबी अस्वीकार...