धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणालीपछि मुद्दा फर्छ्यौटमा सुधार

जस नेपाल

२१ साउन २०८३

धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणालीपछि मुद्दा फर्छ्यौटमा सुधार

जनकपुरधाम। धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष २०८२/८३ मा पाँच हजार २१६ मुद्दा फर्छ्यौटगरेको छ ।

अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार उक्त आवमा पाँच हजार ८४४ नयाँ मुद्दा दर्ता भएका थिए । अघिल्लो आवबाट चार हजार २३१ मुद्दा सरेर आएका थिए । यसरी कुल १० हजार ७५ मुद्दामध्ये पाँच हजार २१६ मुद्दा फर्छ्यौट भएको सूचना अधिकारी महतोले बताएका थिए । उनका अनुसार हाल पाँच हजार ५९ मुद्दा विचाराधीन अवस्थामा रहेका छन् ।

अदालतले अघिल्लो आव २०८१/८२ मा पाँच हजार ७०१ मुद्दा फछ्र्योट गरेको थियो । त्यस वर्ष पाँच हजार ७५३ नयाँ मुद्दा दर्ता भएका थिए भने चार हजार १७९ मुद्दा अघिल्लो आवबाट सरेर आएका थिए । कूल नौ हजार ९३२ मुद्दामध्ये पाँच हजार ७०१ मुद्दा फर्छ्यौट गरिएको अदालतले जनाएको छ । 

धनुषा जिल्ला अदालतले स्वचालित पेसी प्रणाली लागू गरेपछि सेवाग्राहीले छिटो, छरितो र पारदर्शी न्याय सम्पादनको अनुभूति गर्न थालेको अदालतको दाबी छ ।

प्रणाली लागू भएपछि पेसी व्यवस्थापनमा सहजता आएको, मुद्दाको सुनुवाइ प्रक्रिया व्यवस्थित भएको तथा सेवाप्रवाहमा सुधार आएको सूचना अधिकारी महतोले बताए । अदालत प्रशासनले आगामी दिनमा पनि न्याय सम्पादनलाई अझ प्रभावकारी, प्रविधिमैत्री र सेवाग्राहीमुखी बनाउँदै लैजाने जनाएको छ ।

यो पनि –

सम्बन्धित खवर

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

पूर्वमन्त्री ज्ञानेन्द्र कार्कीलाई १५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

काठमाडौँ । पोखरा क्षेत्रीय विमानस्थल घोटाला प्रकरणमा काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँग...

प्रतिनिधिसभामा तीन वटा विधेयक  प्रस्तुत

प्रतिनिधिसभामा तीन वटा विधेयक प्रस्तुत

काठमाडाैँ । सरकारले प्रतिनिधिसभाको बैठकमा तीन वटा विधेयक प्रस्तुत गरेको छ । सिंहदरबारमा सोमबार...

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

मातृभाषा संरक्षणमा पत्रकारिताको भूमिका महत्वपूर्ण : कानूनमन्त्री गौतम

काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पत्रकारिताका माध्यमबाट मातृभाषाहरूको संरक्षण र...

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

साताको अदालत : मिसिल क्षति, कांग्रेसको आधिकारिकता विवाद, दुर्गा प्रसाई रिहाई देखि भ्रष्टाचारका मुद्दासम्म 

काठमाडौँ । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतलगायत देशभरका अदालतमा भएको...