प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठ मनोनित

जस नेपाल

२९ असार २०८३

प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठ मनोनित

काठमाडौं । पत्रकारहरुको नियामक निकाय प्रेस काउन्सिल नेपालको अध्यक्षमा पत्रकार उमेश श्रेष्ठ मनोनित भएका छन् । नवनियुक्त श्रेष्ठले सोमबार सिनामंगलस्थित काउन्सिलको कार्यालयमा पदबहालीसमेत गरेका छन् ।

बालेन्द्र शाह नेतृत्वको सरकारले अध्यादेश जारी गरेपछि प्रेस काउन्सिलको अध्यक्ष पद रिक्त रहेको थियो । उक्त पदमा युवा पत्रकार श्रेष्ठले नियुक्ति पाएका हुन् ।

माइसंसार डटकमबाट विशेष चर्चामा रहेका श्रेष्ठले नागरिक दैनिक लगायतका मिडियामा काम गरेको अनुभव छ । विशेष गरी उनी डिजिटल मिडियासम्बन्धी विज्ञ मानिन्छन् ।

श्रेष्ठले विभिन्न मिडियामा प्रकाशित हुने सामाचारहरुको खरो टिप्पणी गर्ने र फ्याक्ट चेक गर्ने कार्यमा समेत सञ्चार क्षेत्रमा लोकप्रियता कमाएका छन् ।

प्रेस काउन्सिल नेपाल पत्रकारहरुको नियामक निकाय मानिन्छ । खासगरी काउन्सिलले पत्रकार आचारसंहिताको अनुगमन गर्ने तथा गल्ती गर्ने मिडियालाई कारवाहीसमेत गर्ने गर्दछ । अब यस कार्यको नेतृत्व श्रेष्ठले सम्हाल्ने छन् ।

प्रेस काउन्सिलका अनुसार ०८२ सालमा मात्रै नेपालमा ६५४ वटा मिडियाहरु आचार संहिता उल्लंघनमा कारवाहीमा परेका छन् । यीमध्ये करीब ८० प्रतिशत अनलाइन मिडियाहरु रहेका छन् ।

पछिल्लो तथ्यांक अनुसार ०८२ असार मसान्तसम्म नेपालमा ८ हजार ४० वटा पत्रपत्रिका दर्ता छन् । दर्ता रहेका अनलाइन पत्रिकाको संख्या ५ हजार १२५ पुगेको छ ।

त्यस्तै, रेडियो एफएमको संख्या देशभरि १ हजार २०४ छ भने टेलिभिजन २४९ वटा छन् । नेपालमा प्रेसपास लिएका पत्रकारहरुको संख्या ३५ हजार ५१३ जना रहेको छ ।

प्रेस काउन्सिल नेपालले नेपालका सबै मिडिया हाउस र पत्रकारहरुको नियमन र अनुगमन गर्दै आएको छ ।

सम्बन्धित खवर

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

काठमाडौँ ।  इजिप्ट फुटबल फेडेरेसन (ईएफए) ले फिफामाथि औपचारिक रुपमा उजुरी दायर गरेको छ।...

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

मानिसहरु मिटरब्याजको समस्यामा कसरी फस्छन् ? म आफैँ पनि पीडित मान्छे भएको हुनाले मलाई...

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

नेपाली समाजमा हामीलाई साहु महाजनले ठगे । गाउँ–शहरमा तिनै साहु महाजनलाई साथ सहयोग पुर्‍याउन...