सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सम्झौता, मिटरब्याज उन्मूलनको घोषणा, मुद्दा छिन्न बेग्लै न्यायाधीकरण बन्ने (पूर्णपाठ)

जस नेपाल

१ साउन २०८३

सरकार र मिटरब्याज पीडितबीच ९ बुँदे सम्झौता, मिटरब्याज उन्मूलनको घोषणा, मुद्दा छिन्न बेग्लै न्यायाधीकरण बन्ने (पूर्णपाठ)

काठमाडौँ । आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच ९ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार मिटरब्याजसम्बन्धी शोषणको उन्मूलन गर्ने घोषणा गरिएको छ । मिटरब्याज पीडितलाई न्याय प्रदान गर्न नयाँ कानून बनाउने र छुट्टै न्यायाधीकरण बनाएर यससम्बन्धी मुद्दाको छिनोफानो गरिने भएको छ ।

मिटरब्याज पीडितहरुले विगतका सम्झौता कार्यान्वयन नभएको र आफूहरुमाथि धरपकड भएको भन्दै यसै सातादेखि जनकपुरधामबाट काठमाडौँसम्मको पैदलयात्रा शुरु गरेका थिए ।

पीडितहरुलाई बीचबाटोमै भेट्न गृहमन्त्री सुदन गुरुङ निजगढ पुगेर छलफल गरेपछि आन्दोलनका अगुवा नेताहरु सरकारसँग वार्ता गर्न काठमाडौं आएका थिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको दुई दिनको छलफलपछि मिटरब्याज सम्बन्धी शोषणको उन्मूलन गर्न सरकारले लिखित सहमति जनाएको हो ।

सहमतिमा हस्ताक्षर गरेपछि शुक्रबार नै आन्दोलनका अगुवाहरु काठमाडौँबाट निजगढतर्फ फर्केका छन् ।

यो पनि-

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

मिटरब्याज पीडितको पदयात्रा र अमलेख

हेर्नुहोस् सम्झौता-

सम्बन्धित खवर

एमाले नेता विष्णु पौडेललाई किन छाड्यो अदालतले ?

एमाले नेता विष्णु पौडेललाई किन छाड्यो अदालतले ?

काठमाडौँ । सम्पत्ति शुद्धीकरणमा पक्राउ परेका एमाले नेता विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न...

संविधान संशोधन : ‘अमेन्डोफोबिया’ मा नफसौँ

संविधान संशोधन : ‘अमेन्डोफोबिया’ मा नफसौँ

संविधान संशोधनबारे मैले एउटा सन्दर्भ सामग्री भेटाएँ। Unconstitutional Constitutional Amendments: The Limits of Amendment...