कानून दिवसका अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

जस नेपाल

१० साउन २०८३

कानून दिवसका अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

काठमाडौं । कानून दिवसको अवसरमा जस नेपालद्वारा आयोजित न्यायकर्मी ब्याडमिन्टन प्रतियोगिताका विजेता तथा उपविजेतालाई आइतबार आयोजित एक कार्यक्रमबीच पुरस्कार वितरण गरिएको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार विमल पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जस नेपालका प्रबन्ध निर्देशक अधिवक्ता हरिप्रसाद मैनालीले अध्यक्षता गरेका थिए । कार्यक्रममा जस नेपालका प्रधान सम्पादक अधिवक्ता अरुण बरालले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सञ्चालन आकृति सुवेदीले गरेकी थिइन् ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै जस नेपालका प्रधान सम्पादक अधिवक्ता अरुण बरालले पहिलोपटक आयोजना गरिएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताए । उनले पहिलो संस्करण भएकाले केही कमजोरीहरू स्वाभाविक रहेको उल्लेख गर्दै आगामी संस्करणमा ती कमजोरी सुधार गरी प्रतियोगितालाई अझ व्यवस्थित र प्रभावकारी बनाउँदै निरन्तरता दिइने बताए ।

प्रतियोगिताको पुरुषतर्फ सर्वोच्च अदालतका रजिष्ट्रार मानबहादुर कार्की र जिल्ला अदालतका कर्मचारी शेरबहादुर थापाको टोली प्रथम भएको थियो । त्यसैगरी जीवन कालाखेती र महेश सिंह धामीको टोली दोस्रो तथा कृष्ण खड्का र विनियोजन कुमालको टोली तेस्रो भएका थिए । महिलातर्फ सिमस कुँवर र लसता मल्लको टोली प्रथम तथा पूजा खड्का र सुलोचना थापाको टोली दोस्रो भएको थियो ।

शनिबारदेखि दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ १८ टोलीका ३६ जना तथा महिलातर्फ ४ टोलीका ८ जना प्रतिस्पर्धी सहभागी थिए । प्रतियोगिता ललितपुर उच्च अदालतको ब्याडमिन्टन हलमा आयोजना गरिएको थियो ।

प्रतियोगितामा माननीय न्यायाधीश, कानून तथा न्याय सेवाका कर्मचारी, सरकारी वकील तथा कानून व्यवसायीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा रेफ्रीको भूमिका विधान रिजालले निर्वाह गरेका थिए ।

सम्बन्धित खवर

मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला

जनकपुरधाम । मधेस प्रदेश सरकारद्वारा गठित जनलोकपाल आयोगले आर्थिक वर्ष २०८२/८३ मा १५ वटा...

अदालतमा आज – सपना प्रधान पुन: कामु प्रधानन्यायाधीश, स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट, शंकरलाल अग्रवाल थुनामा

अदालतमा आज – सपना प्रधान पुन: कामु प्रधानन्यायाधीश, स्वकीय सचिव राख्ने निर्णयविरुद्ध रिट, शंकरलाल अग्रवाल थुनामा

काठमाडौँ । पछिल्लो समय विभिन्न तहका न्यायालयहरु मुद्दामामिलाको छिनोफानोमा सक्रिय बनेका छन् । अर्कोतर्फ...

सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सांसदहरूले स्वकीय सचिव राख्न पाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । मितव्ययिताको नारा दिँदै २० अर्ब रुपैयाँ बचत गर्ने घोषणा गर्ने सरकारले नै...

कास्कीमा ‘अप्रेसन ३६५’, अठार मोटरसाइकल नियन्त्रणमा

कास्कीमा ‘अप्रेसन ३६५’, अठार मोटरसाइकल नियन्त्रणमा

गण्डकी । कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अन्तर्गत स्वरुप परिवर्तन गरिएका र ध्वनि...