कास्कीमा ‘अप्रेसन ३६५’, अठार मोटरसाइकल नियन्त्रणमा

जस नेपाल

७ साउन २०८३

कास्कीमा ‘अप्रेसन ३६५’, अठार मोटरसाइकल नियन्त्रणमा

गण्डकी । कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अन्तर्गत स्वरुप परिवर्तन गरिएका र ध्वनि प्रदूषण गर्ने १८ वटा मोटरसाइकल नियन्त्रण लिएको छ ।

गएराति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा गरिएको जाँचका क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले ११ वटा र वडा प्रहरी कार्यालय बगरको टोलीले सात वटा मोटरसाइकल नियन्त्रण लिएको थियो ।

गत वर्षदेखि सञ्चालित ‘अप्रेसन ३६५’ का क्रममा हालसम्म ७४० वटा सवारीसाधन र ३६ जना चालकलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रूपमा सुरु गरेको उक्त अपरेसनका क्रममा समाजमा आतङ्क सृजना गर्ने र जाँचका बेला प्रहरीसँग वादविवाद गर्ने सवारी चालकलाई नियन्त्रणमा लिई कारबाही गर्ने गरिएको हो ।

मोटरसाइकलका पार्टपूर्जा फेरेर स्वरूप परिवर्तन गर्ने, साइलेन्सरबाट चर्को र पड्किने आवाज निकाल्ने, रातको समयमा ध्वनि प्रदूषण गर्ने, समाजको शान्ति सुव्यवस्था खलबलाउने जस्ता गतिविधि भइरहेको जनगुनासो बढेपछि प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रणमा लिन ‘अप्रेसन ३६५’ सञ्चालन गरेको हो ।

प्रहरीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न सवैमा अनुरोध गरेको छ ।

स्वीकृति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्याण्डल, इञ्जिन, चेसिसमा परिवर्तन गर्ने वा ध्वनि प्रदूषण हुने खालका पार्टपूर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम रु १५ हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ ।

सम्बन्धित खवर

पूर्व एसएसपीकाे जग्गा घिताे राखेर चार कराेड ऋण, तीन जना पक्राउ

पूर्व एसएसपीकाे जग्गा घिताे राखेर चार कराेड ऋण, तीन जना पक्राउ

जनकपुरधाम । नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साहले धितोमा रहेको आफ्नो जग्गा...

दिपक भट्टसँग नाम जोडिएका नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ रिमाल पक्राउ

दिपक भट्टसँग नाम जोडिएका नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व सीईओ रिमाल पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका...

झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट

झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट

भद्रपुर । जिल्ला अदालत झापाले आर्थिक वर्ष २०८२/८३ मा कूल सात हजार ५४९ मुद्दामध्ये...

गत आर्थिक वर्षमा कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै

गत आर्थिक वर्षमा कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै

कैलाली । कैलालीमा गत आर्थिक वर्ष २०८२/ ८३ मा विभिन्न प्रकृतिका एक हजार नौ...