कास्कीमा ६ जना फरार प्रतिवादी पक्राउ, १३ लाखभन्दा बढी जरिवाना असुल हुने

जस नेपाल

१९ साउन २०८३

कास्कीमा ६ जना फरार प्रतिवादी पक्राउ, १३ लाखभन्दा बढी जरिवाना असुल हुने

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न मुद्दाका छ जना फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । 

चोरीसम्बन्धी कसुरमा तीन जना, चेक अनादर, बैंकिङ कसुर र अभद्र व्यवहारमा एक-एक जनालाई नियन्त्रणमा लिइ कैद सजाय तथा जरिवाना असुलका लागि अदालतमा पेस गरिएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

पक्राउ परेका प्रतिवादीबाट रू १३ लाख सात हजार ७२० जरिवाना रकम असुलउपर हुने उनको भनाइ छ । कास्की प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादी नियन्त्रणमा तीव्रता दिँदै आएको छ । गत महिना ६६ जना प्रतिवादी पक्राउ परेका थिए ।

सम्बन्धित खवर

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

म्यागङ गाउँपालिकाका आईटी अधिकृत एक लाख घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत बिरेन्द्र तामाङलाई...

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध १ करोड ४१ लाख राजस्व हिनामिनाको आरोप

गढवा गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध १ करोड ४१ लाख राजस्व हिनामिनाको आरोप

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा नदीजन्य पदार्थ ठेक्कासम्बन्धी अनियमिततामा तत्कालीन...

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

पाँच लाख नगदसहित लागुऔषध कारोबारी पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेमा नगद रु पाँच लाखसहित अवैध लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा...

कर्मा ग्याङको लुटपाट मच्चाउने त्यो ‘मास्टर प्लान’, कसरी परे प्रहरीको फन्दामा ?

कर्मा ग्याङको लुटपाट मच्चाउने त्यो ‘मास्टर प्लान’, कसरी परे प्रहरीको फन्दामा ?

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे काठमाडौँ महानगरपालिका-३१ शान्तिनगरमा होलसेल...