प्रतिनिधिसभा : सुनसरी घटनाको न्यायिक छानबिन गर्न माग

जस नेपाल

१९ साउन २०८३

प्रतिनिधिसभा : सुनसरी घटनाको न्यायिक छानबिन गर्न माग

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सुनसरी घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गरेका छन् । 

बैठक सुरु हुनासाथ प्रतिपक्ष दलका सांसदहरु उठेपछि बोल्न दिइएको समयमा नेपाली कांग्रेसका सांसद निश्कल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।

उनले सो घटनाका बारेमा सामाजिक सञ्जालमा अफबाह फैलाउने पक्षलाई कारबाही गर्न समेत सरकारको ध्यानाकर्षण गराए। सांसद राईले राज्य प्रत्येक नागरिकको संरक्षक हुने भएकाले सोहीअनुसार भूमिका निर्वाह गरी राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा सबै एक हुनुपर्नेमा जोड दिए । 

सांसद राईले गत जेठ १७ गते प्रधानमन्त्रीले संसद्मा दिएको अभिव्यक्तिका विषयमा जवाफ आउनुपर्ने र सदनको अभिलेखबाट सो भनाइ हटाउनुपर्ने भनेर माग गरे ।  

त्यस्तै नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुनसरी घटनापछि फैलिएको अराजक गतिविधि सबैको प्रयासपछि साम्य भएकामा खुसी व्यक्त गर्दै यस किसिमका घटना पुनः दोहोरिन नदिन र त्यसमा संलग्न दोषीलाई कानुनी दायरामा ल्याई विधिको शासन कायम गर्न निष्पक्ष  छानबिन हुनुपर्ने धारणा व्यक्त गरे । 

उक्त घटनाका कराण जलेका घर तथा सवारीसाधनको क्षतिपूर्ति दिन सकिने तर व्यवसायीमा पर्न गएको मानसिक पीडालाई कम गर्न नसकिने भएकाले मुलुकलाई दीर्घकालसम्म असर पुर्याउने यस किसिमको संवेदनशील घटनालाई सोहीअनुसार सम्बोधन गर्न सुझाव पनि दिए ।  

उनले सुुनसरी घटनापछि अहिले मुलुकका औद्योगिक घराना आतङ्कित भएको उल्लेख गर्दै दिगो शान्ति र सुव्यवस्था कायम गर्न दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । 

नेपाली कम्युनिष्ट पाटी (नेकपा) सांसद बलावती शर्माले सुनसरीमा भएको घटनालाई सबैले मिलेर नियन्त्रणमा ल्याउन गरेको प्रयास निकै सर्हानीय भएको भन्दै उक्त घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे ।

उनले पीडित नागरिकले प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजिरहेको भन्दै सो घटनाप्रति सरकार जिम्मेवार हुनुपर्ने धारणा समेत व्यक्त गरे। उनले पश्चिम नेपालस्थित सुस्तामा भएको भूमि समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै समाधानका पक्षमा पहल गर्न सरकारसँग अनुरोध गरे  । 

 त्यस्तै श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ राईले केही समयअघि जनकपुर मन्दिर क्षेत्रमा आफ्नो पार्टीका नेता कार्यकर्तामाथि कुटपिट भएको जानकारी गराउँदै त्यस घटनामा संलग्न दोषीमाथि के कस्तो कारबाही भएको छ, सो विषयमा जानकारी गराइयोस् भनेर समेत माग गरे । सांसद राईले सुनसरी घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै आगामी दिनमा त्यस्तो हुन नदिन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड दिए । 

मुसलमान समुदायबाट कहीँकतै राष्ट्रिय एकता र अखण्डतामा आँच पुुग्ने काम नभएको स्पष्ट गर्नुहुँदै सुनसरीलगायतका क्षेत्रमा भएको घटनाको छानबिन हुनुपर्ने माग गरे  ।

सो घटनाको समाधानका लागि गृहमन्त्रीबाट भएको प्रयासको प्रशंसा गर्नुहुँदै उहाँले  यसअघि हिन्दू राष्ट्र कायम हुँदा यस्तो साम्प्रदायिक घटना नभएको नेपाललाई धार्मिक सहिष्णुतासहित हिन्दू राष्ट्र बनाउनुपर्ने सुझाव दिए ।

 

सम्बन्धित खवर

प्रधानमन्त्री बालेन्द्र शाहको सम्वोधन (पूर्णपाठ)

प्रधानमन्त्री बालेन्द्र शाहको सम्वोधन (पूर्णपाठ)

आदरणीय बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरू, म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको...

गाउँपालिकामा जागिर लगाइदिने भन्दै उपाध्यक्षले घुस मागेपछि…

गाउँपालिकामा जागिर लगाइदिने भन्दै उपाध्यक्षले घुस मागेपछि…

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होमप्रकाश चौधरी (कुर्मी) र...

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

प्रस्तावित प्रमुख निर्वाचन आयुक्तमा कार्कीको नाम अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की, आयुक्तहरूमा गुरु वाग्ले र...

लघुवित्तको चक्रव्यूह : राष्ट्र बैंकका १८१ सुझाव , सर्वोच्चको परमादेश, तर समस्या उस्तै

लघुवित्तको चक्रव्यूह : राष्ट्र बैंकका १८१ सुझाव , सर्वोच्चको परमादेश, तर समस्या उस्तै

काठमाडौँ । देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडित किसान र मजदुरहरूले गत आइतबार काठमाडौँमा...