काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार तोकिएका ३५५ वटा मुद्दामध्ये ११२ वटामा फैसला भएको छ ।
अदालत प्रशासनका अनुसार आज ४० वटा आदेश जारी भएका छन् भने ३ वटा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। त्यसैगरी ४० वटा मुद्दा स्थगित भएका छन् ।
आज ९९ वटा मुद्दा हेर्न नभ्याइएका छन् भने ६१ वटा मुद्दा हेर्न नमिल्ने सूचीमा परेका छन् ।
बिहीबार सर्वोच्चमा कुल २० वटा इजलास गठन गरिएको थियो । तीमध्ये दुई वटा पूर्ण इजलास रहेका थिए भने बाँकी संयुक्त र एकल इजलासमार्फत सुनुवाइ भएको अदालत प्रशासनले जनाएको छ ।
ताजा अपडेट
ग्राहकको कपडा जलाउने ड्राइ क्लिनरलाई १४ हजार जरिवाना
२१ साउन २०८३
