कैलाली कारागारबाट भागेका ६६६ मध्ये २२६ कैदीबन्दी फर्किए

१३ कार्तिक २०८२

कैलाली कारागारबाट भागेका ६६६ मध्ये २२६ कैदीबन्दी फर्किए

कैलाली । कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन् । गत भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीबन्दी फर्किएका हुन् । हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिए । उनले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताए ।

फर्किएकामध्ये अधिकांश आफैँ सम्पर्कमा आएका र केहीलाई प्रहरीले टीकापुर क्षेत्रबाट पक्राउ गरी बुझाएको उल्लेख गर्दै उनले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताए। उनले भने, “कारागार व्यवस्थापन विभागले पनि कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको छ । हामीले पनि सूचना जारी गरेका छौँ । प्रहरीले पनि खोजीकार्य जारी राखेको छ । छिट्टै सबै कैदीबन्दी फर्किने विश्वास छ ।”

कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदीबन्दी रहेका थिए । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा ६६६ कैदीबन्दी भागेका कारागार प्रशासनले जनाएको छ । अझैँ ४४१ जना कैदीबन्दी कारागार बाहिर रहेका प्रमुख सापकोटाले जानकारी दिए ।

सम्बन्धित खवर

लागू औषधसहित ९ जना पक्राउ

लागू औषधसहित ९ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न भागबाट लागू पदार्थसहित नौ जना पक्राउ गरेका छन् । केन्द्रीय...

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ

काठमाडौँ । पर्वतारोहण क्षेत्रमा भएको ‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ परेका छन्...

टिकटकर तुलसा अधिकारीविरुद्ध तीन कसुरमा अनुसन्धान सुरु

टिकटकर तुलसा अधिकारीविरुद्ध तीन कसुरमा अनुसन्धान सुरु

काठमाडौँ । नेपालका टिकटक प्रयोगकर्तामाझ चर्चित तुलसा अधिकारीविरुद्ध नेपाल प्रहरीले तीन छुट्टाछुट्टै कसुरमा अनुसन्धान...

अमेरिका पठाइदिने भन्दै ६ लाख ३० हजार ठगी गर्ने महिला पक्राउ

अमेरिका पठाइदिने भन्दै ६ लाख ३० हजार ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने एक...