युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

२४ पुष २०८२

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ललितपुर स्थायी घर भएका ३४ वर्षीय अमन महर्जनलाई भक्तपुर मध्यपुर थिमीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार महर्जनले युके रोजगारीको प्रलोभन देखाई लामो समयसम्म झुक्क्याएर तीन जनाबाट २८ लाख रुपैयाँ ठगी गरेका थिए। पीडितको जाहेरीपछि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीले वैदेशिक रोजगारीका नाममा हुने यस्ता ठगीप्रति सचेत रहन र शंकास्पद व्यक्तिबाट ठगी भएको खण्डमा तुरुन्त प्रहरीमा उजुरी दिन सर्वसाधारणलाई आग्रहसमेत गरेको छ।

सम्बन्धित खवर

मेयरको जाहेरीपछि पत्रकार ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ

मेयरको जाहेरीपछि पत्रकार ढकाल साइबर अपराधसम्बन्धी मुद्दामा पक्राउ

काठमाडौँ । पत्रकार विनोद ढकाललाई साइबर अपराधसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त...

टेस्लाको ‘अटो ड्राइभ मोड’ले निम्त्याएको दुर्घटना : मृतक परिवार अदालतमा, कारबाही कसलाई गर्ने ?

टेस्लाको ‘अटो ड्राइभ मोड’ले निम्त्याएको दुर्घटना : मृतक परिवार अदालतमा, कारबाही कसलाई गर्ने ?

काठमाडौँ । प्रविधिको विकाससँगै सवारी साधन क्षेत्रमा पनि नयाँ-नयाँ वैज्ञानिक प्रविधिको प्रयोग तीव्र रूपमा...

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, भैंसीपाटीस्थित निवासमा छापा

एमाले उपाध्यक्ष विष्णु पौडेल सुर्खेतबाट पक्राउ, भैंसीपाटीस्थित निवासमा छापा

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरिएको छ...

लागुऔषधसहित वडासदस्य पक्राउ

लागुऔषधसहित वडासदस्य पक्राउ

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ...