टेलिकमका ग्राहकको विवरण चोरेर ५० लाख एसएमएस पठाएका व्यक्ति समातिए

३० पुष २०८२

टेलिकमका ग्राहकको विवरण चोरेर ५० लाख एसएमएस पठाएका व्यक्ति समातिए

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायकहरू (टेलिकम कम्पनी) का लाखौँ ग्राहकको विवरण चोरेर एकैदिन ५० लाख एमएमएस पठाएका निर्देश सेढाईँलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

सेढाईँलाई मङ्गलबार राति आठ बजेतिर काठमाडौँको हात्तीसारबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

सेढाईँले आकाश टेक लगायत नेपाल टेलिकम र एनसेलबाट भास (भ्यालू एडेड सर्भिस) लिएर बल्क एमएमएस सेवा दिएका कम्पनीबाट लिएको प्रणाली दुरुपयोग गरी लाखौँ नागरिकलाई रातबिरात म्यासेज गरेका थिए । उनले ‘भौगोलिक जटिलताबाट देशलाई बचाउँदै फेरि सांस्कृतिक संवैधानिक अधिराज्य बनाउनको लागि पुस ३० गते १२ बजे बालुवाटार’ लेखिएको उक्त बल्क म्यासेज लाखौँ नेपालीको मोबाइल फोनमा पठाएका थिए ।

सेढाईँले पठाएको एसएमएसमा नेपालको संविधानको धारा १७ मा व्यवस्था गरिएको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हकको प्रतिबन्धात्मक व्यवस्था उल्लङ्घन भएको देखिन्छ । त्यसैगरी, उनले ५० लाख एमएमएस पठाउन प्रयोग गरेका ५० लाख नागरिकको टेलिफोन नम्बर पनि चोरी र दुरुपयोग गरेका छन्‌ ।

‘प्रदेश हटाउने’, ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री’, ‘सनातनी महान अधिराज्य नेपाल’ आदि शब्द प्रयोग भएका ती म्यासेज सेढाईँले दिउँसोमात्र होइन, राति पनि लाखौँ नागरिकको मोबाइलमा पठाएका थिए ।

टेलिकम कम्पनीका सेवाग्राहीको नम्बर दुरुपयोग गरी लाखौँ म्यासेज पठाइएपछि सर्वसाधारण नागरिकले आफूहरूको गोपनीयता दुरुपयोग गरेको भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरण र टेलिकम कम्पनीप्रति असन्तुष्टि जनाएका थिए । सञ्चारमाध्यमहरूमा पनि यसबारे समाचार प्रकाशन भएपछि नियामक र सुरक्षा निकायमाथि नागरिकको गोपनीयता दुरुपयोग गर्दै बल्क एसएमएस पठाएका सेढाईँलाई पक्राउ गर्न दबाब बढेको थियो ।

नेपाल टेलिकमको भास सेवा खरिद गरी एसएमएस सेवा प्रदान गर्ने कम्पनीहरूसँग सेढाईँले वेदब्यास इन्टरप्राइजेजका नाममा बल्क एसएमएस सेवा खरिद गरेका थिए । सोही सेवा दुरुपयोग गर्दै सेढाईँले राजावादी आन्दोलनमा सहभागी हुन भन्दै मध्यरातदेखि एकैपटक लाखौँ नागरिकलाई म्यासेज पढाउन थालेका थिए ।

सेढाईँलाई पक्राउ गर्नुअघिसम्म नियामक दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र एनसेलले जवाफदेहिता समेत देखाएका थिएनन् । सञ्चारमाध्यमले सोधखोज थालेपछि सरकारी स्वामित्वको नेपाल टेलिकमले मङ्गलबार दिउँसो एक विज्ञप्ति जारी गर्दै ‘भ्यास सेवा प्रवाह गरिरहेका केही सेवा प्रदायकले आफ्नो व्यापार व्यवसायभन्दा फरक राजनीतिक प्रकृतिको सन्देश टेलिकमका विभिन्न नम्बरहरूमा समेत प्रवाह गरिरहेकाले त्यस्ता सन्देश सर्वसाधारणको नम्बरमा प्रवाह नगर्न सचेत गराइएको’ सामान्य प्रतिक्रिया सार्वजनिक गरेको थियो ।

यो पनि –

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

सम्बन्धित खवर

धादिङमा भएको बस दुर्घटना छानबिन गर्न सरकारी कार्यदल गठन

धादिङमा भएको बस दुर्घटना छानबिन गर्न सरकारी कार्यदल गठन

काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङको भैँसीगौँडामा दुर्घटना...

एमालेको झण्डा जलाइएको विवाद : आरोप–प्रत्यारोपबीच कानूनी प्रश्न

एमालेको झण्डा जलाइएको विवाद : आरोप–प्रत्यारोपबीच कानूनी प्रश्न

काठमाडौँ । दाङको तुलसीपुर बजारमा बिहीबार राति भएको भनिएको एक घटनाले चुनावी माहोल तताएको...

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

आज सामाजिक न्याय विश्व दिवस मनाइँदै

काठमाडौँ । आज सामाजिक न्याय विश्व दिवस विभिन्न देशमा विविध कार्यक्रम गरी मनाइँदै छ...

एमालेको घोषणापत्र : सुशासनका १६ शब्द, समृद्धिका २५ स्तम्भ

एमालेको घोषणापत्र : सुशासनका १६ शब्द, समृद्धिका २५ स्तम्भ

काठमाडौँ । सुशासनलाई प्रमुख मुद्दा बनाउँदै गत भदौ २३ र २४ गते भएको जेन-जी...