युट्युब च्यानल ‘स्लेय प्वाइन्ट’ का एआई निर्मित अश्लील सामग्री हटाउन भारतीय अदालतको आदेश

जस नेपाल

४ माघ २०८२

युट्युब च्यानल ‘स्लेय प्वाइन्ट’ का एआई निर्मित अश्लील सामग्री हटाउन भारतीय अदालतको आदेश

नयाँ दिल्ली । भारतीय अदालतले युट्युब च्यानल ‘स्ले प्वाइन्ट’ का सामग्रीहरु अश्लील र अपमानजनक भएको भन्दै विभिन्न वेबसाइटहरुलाई त्यस्ता नक्कली एआई-उत्पन्न अश्लील सामग्री पोस्ट गर्नबाट रोक लगाएको छ।

दिल्ली उच्च अदालतले मेटा, एक्स कर्प, गुगल, रेडिट र अन्यलाई युट्युब च्यानल ‘स्ले प्वाइन्ट’ का सदस्यहरूसँग सम्बन्धित नक्कली, अश्लील सामग्री तुरुन्तै हटाउन निर्देशन दिएको हो।

अदालतमा प्रस्तुत गरिएको पेन ड्राइभमा अश्लील सामग्री देखेपछि न्यायाधीश विकास महाजनले त्यस्ता सामग्री हटाउने आदेश दिएका हुन्।

अदालतले वेबसाइटहरूलाई सामग्री सिर्जनाकर्ताहरूको थप स्पष्ट तस्बिरहरू अपलोड, साझेदारी र प्रसार गर्नबाट समेत रोक लगाएको छ।

अदालतले सामाजिक सञ्जाल मध्यस्थकर्ताहरूलाई उनीहरूको सम्बन्धित प्लेटफर्महरूसँग सम्बन्धित प्रतिवादीहरूको आधारभूत ग्राहक विवरणहरू सेयर गर्न पनि निर्देशन दिएको छ। साथै, अदालतले गुगललाई गुगल खोज इन्जिनबाट लिङ्कहरू डि-इन्डेक्स गर्न पनि निर्देशन दियो।

अदालतले केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयलाई आपत्तिजनक वेबसाइटहरू ब्लक गर्ने निर्देशन दिएको छ।

सामाजिक सञ्जालमा ‘स्ले प्वाइन्ट’का १० मिलियन भन्दा बढी फलोअर्स छन्।

वरिष्ठ अधिवक्ता दिया कपूर र अधिवक्ता नकुल गान्धीले वेबसाइट र सामाजिक सञ्जाल प्लेटफर्महरूमा प्रसारित नक्कली एआई-उत्पन्न, अश्लील सामग्री हटाउन माग गर्दै अदालतमा निवेदकका तर्फबाट बहस गरेका थिए।

कपुरले स्लेय प्वाइन्ट एक प्रसिद्ध युट्युब च्यानल भएको र गुगलले महिलाको नाम खोज्दा अश्लील सामग्री देखाएको बताएकी थिइन् ।

कपुरले अदालतलाई भनिन् कि ‘स्ले प्वाइन्ट’ ले अश्लील सामग्री हटाउनका लागि एक्स कर्पमा गुनासो गरेको थियो, तर अनुरोधमा कुनै कारबाही भएन।

उनले अदालतमा भनिन्, ‘X का अनुसार, वयस्क सामग्रीलाई अनुमति छ, तपाईंले वयस्क नग्नता वा यौन व्यवहार देशको कानूनविपरीत भए पनि साझा गर्न सक्नुहुन्छ। X को नीति कसरी भारतीय कानूनको विपरीत हुन सक्छ ? तपाईं आईटी ऐन र आईटी नियमहरू अन्तर्गत अश्लील तस्बिरहरु अपलोड गर्न अनुमति दिन सक्नुहुन्न ।’

अदालतले वादीको निवेदनलाई अनुमति दिँदै प्रतिवादीहरूबाट जवाफ माग गरेको छ ।यो मुद्दा अर्को सुनुवाइ जनवरी ३० मा राखिएको छ ।

कपूरसँगै, अधिवक्ता नकुल गान्धी, मृदुल क्रिस्टल सिंह, सिद्धि साहू, आदित्य लढा, राघव कुमार र मुजीब स्ले प्वाइन्टको तर्फबाट बहसमा सहभागी थिए।

अधिवक्ता अंकित परिहार, स्नेहा डे र श्रेया गुप्ता रेडिट (Reddit) को तर्फबाट अदालतमा उपस्थित थिए।

एक्स कर्पका तर्फबाट अधिवक्ता अंकित परिहार र अभिषेक कुमारले बहस गरेका थिए।

गुगलको तर्फबाट अधिवक्ता ममता रानी झा, श्रुतितिमा एहर्सा, रोहन आहुजा, ऐश्वर्या देबरदर्शिनी र जाह्नवी अग्रवाल बहसमा सहभागी थिए ।

सम्बन्धित खवर

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

काठमाडौँ । कम्पनी स्थापना, सञ्चालन र खारेजी सम्बन्धी सेवाहरूलाई थप सहज बनाउने उद्देश्यले अब...

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्यसूची सार्वजनिक गरेको...

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

काठमाडौँ । पछिल्लो समय मान्छेभन्दा एआई बुद्धिमान छ भनेर कतिपयले दाबी गर्छन् । तर,...

बालेन सरकारप्रति अमेरिकी नजर : बीआरआईदेखि तिब्बती शरणार्थीसम्म

बालेन सरकारप्रति अमेरिकी नजर : बीआरआईदेखि तिब्बती शरणार्थीसम्म

काठमाडौँ । अमेरिकी संसद अन्तर्गत कार्य गर्ने कंग्रेसनल रिसर्च सर्भिस (CRS) ले आफ्ना देशका...