रेशमको उम्मेदवारी खारेजीसम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’

जस नेपाल

१८ माघ २०८२

रेशमको उम्मेदवारी खारेजीसम्बन्धी मुद्दा ‘हेर्न नभ्याइने’

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजीसम्बन्धी रिट सर्वोच्च अदालतमा आइतबार सुनुवाइ हुन नसकी हेर्न नभ्याइने सूचीमा परेको छ ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासमा आजका लागि पेसी तोकिए पनि मुद्दा सुनुवाइ हुन सकेन । अब उक्त रिटको अर्को पेसी पछि तोक्ने जनाइएको छ ।

कैलाली क्षेत्र नम्बर–१ बाट आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यसअघि पनि सर्वोच्चले चौधरीको मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरिसकेको छ ।

टीकापुर घटनामा तीन तहका अदालतबाट दोषी ठहर भई सजाय कायम रहेकै आधारमा निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।

सम्बन्धित खवर

विशेष अदालतद्वारा ‘फैसलाहरूको संगालो २०८३’ विमोचन

विशेष अदालतद्वारा ‘फैसलाहरूको संगालो २०८३’ विमोचन

काठमाडौँ । विशेष अदालतले आज श्रावण १ गते पुस्तक विमोचन तथा संचारकर्मीहरूसँग भेटघाट कार्यक्रम...

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी मुद्दामा थप अनुसन्धानपछि पुरक आरोपपत्र...

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ,  एआईको स्वामित्व लिने हैन

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ, एआईको स्वामित्व लिने हैन

अब यो कुरा स्पष्ट भइसकेको छ कि सरकारले एआई उद्योगलाई आकार दिने जिम्मेवारी लिनुपर्छ।...