अब टिकटकबाट चुनावमा मनपरी गर्न नपाइने

जस नेपाल

२२ माघ २०८२

अब टिकटकबाट चुनावमा मनपरी गर्न नपाइने

काठमाडौँ । आगामी फागुन २१ को चुनावलाई लक्षित गरेर टिकटकबाट भ्रामक सूचना सम्प्रेषण गर्ने र समाजमा भ्रम फैलाउनेहरुमाथि निगरानी हुने भएको छ । त्यस्ता सामग्रीहरुको नियन्त्रणका लागि टिकटकले सहमति जनाएको छ ।

निर्वाचन आयोग र टिकटकबीच बुधबार समझदारीपत्रमा हस्ताक्षर भएसँगै अब चुनाव लक्षित भ्रामक सामग्रीहरु पोस्ट गरिएमा त्यसको अनुगमन हुने भएको हो ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराई र टिकटकका तर्फबाट फेरदस अल मत्ताकिनले बुधबार निर्वाचन आयोगमा आयोजित एक कार्यक्रमका बीच समझदारीपत्र हस्ताक्षर गरेका हुन्।

समझदारीपत्र अनुसार टिकटकले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको स्वच्छता प्रवद्र्धन तथा आयोगको क्षमता अभिवृद्धिको प्रयासमा सहयोग पुर्‍याउने छ ।

टिकटकले निर्वाचन आचारसंहिता एवं सदाचारका लक्षहरुको संरक्षण, सशक्तीकरण र साझेदारीअन्तर्गत रहेर निर्वाचन आयोगलाई निशुल्क सहयोग गर्ने सहमति जनाएको छ ।

टिकटक र आयोगवीचको यो साझेदारीले निर्वाचनसम्बन्धी भरपर्दो र विश्वसनीय सूचना सर्वसाधारणको पहुँचमा पुर्‍याउन सहयोग पुग्ने विश्वास निर्वाचन आयोगले गरेको छ ।

निर्वाचनलाई असर पार्न सक्ने भ्रामक सूचना तथा हानिकारक सामग्रीको नियन्त्रणका लागि आयोगबाट भइरहेको प्रयासमा यो समझदारीले योगदान पुर्‍याउने आयोगका प्रवक्ता भट्टराईले जनाएका छन् ।

यो पनि-

एआईका कारण निर्वाचनमा अप्ठ्यारा दिन आउन सक्छन्

 

पछिल्लो समय निर्वाचनलाई लक्षित गरेर टिकटक लगायतका सामाजिक सञ्जालबाट सनसरीपूर्ण, असन्तुलित एवं भ्रामक सूचनाको बाढी आइरहेका बेला टिकटकले निर्वाचना आचारसंहिता पालनासम्बन्धी प्रतिवद्धता जनाएको हो ।

टिकटक र निर्वाचन आयोगबीचको समझदारीले भ्रामक सूचना नियन्त्रण गर्न आधिकारिक सूचना तथा सन्देशहरू सम्प्रेषण तथा प्रचारप्रसार गर्ने र विश्वसनीय तथ्यहरू मात्र प्रयोगकर्तालाई उपलब्ध गराउने एवं सुरक्षित स्पेस निर्माणका लागि सहयोग पुर्याउने समेत अपेक्षा राखिएको आयोगले जनाएको छ ।

विगतमा नेपाल सरकारले दर्ताका लागि आह्वान गर्दा फेसबुक, ह्वाट्एप, ट्विटर(एक्स)जस्ता सामाजिक सञ्जालले नेपालको कानून नमान्ने बताए पनि टिकटक भने कानूनी दायरामा यसअघि नै आइसकेको सामाजिक सञ्जाल हो । नेपालमा टिकटक अत्यन्त लोकप्रिय रहेको छ ।

समझदारीपत्र आदान–प्रदान कार्यक्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर ज.ब.रा. तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत आयोगका कर्मचारीको उपस्थिति थियो ।

 

हेर्नुहोस् निर्वाचन आयोगको विज्ञप्ति–

सम्बन्धित खवर

विशेष अदालतद्वारा ‘फैसलाहरूको संगालो २०८३’ विमोचन

विशेष अदालतद्वारा ‘फैसलाहरूको संगालो २०८३’ विमोचन

काठमाडौँ । विशेष अदालतले आज श्रावण १ गते पुस्तक विमोचन तथा संचारकर्मीहरूसँग भेटघाट कार्यक्रम...

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

दीपक भट्टसँगकाे कनेक्सन भेटिएकाे भन्दै विष्णु पौडेलविरुद्ध पुरक आरोपपत्र दायर

काठमाडौँ ।  विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) सम्बन्धी मुद्दामा थप अनुसन्धानपछि पुरक आरोपपत्र...

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ,  एआईको स्वामित्व लिने हैन

सरकार र एआईको सम्बन्ध : सरकारले शासन गर्नुपर्छ, एआईको स्वामित्व लिने हैन

अब यो कुरा स्पष्ट भइसकेको छ कि सरकारले एआई उद्योगलाई आकार दिने जिम्मेवारी लिनुपर्छ।...