काठमाडाैँ । सरकारले जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ । यससँगै फागुन २१ काे निर्वाचनअघि प्रतिवेदन सार्वजनिक नहुने निश्चित् भएकाकाे छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको समयावधि २५ दिन थप गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । आजकाे मितिबाट चुनाव आउन २४ दिन बाँकी छ ।
मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।
भिडियाेमा पनि हेर्नुहाेस् –
ताजा अपडेट
जब ठगहरुले देशलाई दुःख दिन्छन्…
२६ माघ २०८२लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
२६ माघ २०८२
