बाबुको हत्या गरेको आरोपमा छाेरा पक्राउ

जस नेपाल

२४ कार्तिक २०८२

बाबुको हत्या गरेको आरोपमा छाेरा पक्राउ

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ निवासी ३६ वर्षीय रोशन गुरुङ (पेम्बा लामा) आफ्नै बाबुको हत्या आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार पेम्बाले आफ्ना ७८ वर्षीय पिता आमकी लामामाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका लामालाई उपचारका लागि मनमोहन अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

आरोपित पेम्बा लामालाई आइतबार राति स्वयम्भू क्षेत्रमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त स्वयम्भूले जनाएको छ।

सम्बन्धित खवर

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७०...

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

काठमाडौँ । केही दिनयता नेपालीहरूको मोबाइलमा एक व्यक्तिले एटी_अलर्ट, एसआइ_अलर्ट लगायत सर्टकोडबाट लाखौँ म्यासेज...

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका...

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार (हिजो) एक विज्ञप्ति जारी गरी ५९९ प्रहरी कर्मचारीहरूमाथि...