ठगीमा बैङ्कहरू नै सङ्लग्न, तत्काल कारबाही गर्न अदालतको आदेश

२३ असार २०८३

नयाँदिल्ली । इन्टरनेटका माध्यमबाट व्यक्तिगत डाटासम्म पहुँच राख्दै इन्टरनेटकै माध्यमबाट कसैको अपहरण हुने गरेको तथ्य सुन्दा जो कोही अचम्भित हुन सक्छन् ।

भारतमा केही वर्षयता इन्टरनेट ठगहरूले चलाएको यस्तै ‘डिजिटल अरेस्ट स्क्याम’मा लाखौँ मानिस अपहृत भइसकेका छन्, अर्थात्‌ स्क्यामरहरूले इन्टरनेटबाटै धम्क्याएर लाखौँ नागरिकको बैङ्क खाता रित्याइदिएका छन्‌ ।

राज्यका सुरक्षा लगायत अनुसन्धान तहकीकात निकायका लेटरप्याड तथा छाप दुरुस्तै नक्कल गरी इन्टरनेटबाटै पक्राउ पुर्जी या चेतावनीपत्र पठाएर रकम हत्याउने धन्दा नै डिजिटल अरेस्ट स्क्याम हो । सूचना–प्रविधिमा केही स्मार्ट देखिएको भारतभर यस्तो स्क्याममा हजारौँको सङ्लग्नता हुने गरेको छ ।

झुठो चेतावनी दिँदै व्यक्तिको बैङ्क खाताबाट रकम हत्याउने काममा स्क्यामरमात्र होइन, यस्ता स्क्यामरलाई बैङ्कहरूले नै सघाइरहेको भारतको सर्वोच्च अदालतले जनाएको छ ।

भारतका चिफ जस्टिस सूर्यकान्तले भनेका छन्, ‘डिजिटल अरेस्टका यी मामिलामा बैङ्क अधिकारीहरू नै आरोपितसँग पूरापूरा मिलेको हामीले पाएका छौँ ।’ बैङ्क अधिकारीहरूको लापरबाही र मिलिभगतका कारण नै अक्सर यस्तो धोखाधडीयुक्त भुक्तानी हुने गरेको अदालतले जनाएको हो ।

न्यायाधीशद्वय सूर्यकान्त र जयमाल्य बागचीको बेञ्चले डिजिटर अरेस्ट स्क्याम नियन्त्रण गर्न र व्यक्तिले गुमाएको रकम सकेसम्म फिर्ता गराउन फरक फरक एजेन्सीहरूबीच सही तालमेल सुनिश्चित गर्न पनि केही आदेश जारी गरेको छ ।

चिफ जस्टिस सूर्यकान्तले सुम्पिएको रकमको संरक्षक बैङ्क नै भएको तथ्य राम्रोसँग याद गर्न भनेका छन् । ‘बैङ्कहरू बोझ बन्दै गएका छन्‌ । त्यहाँ राखिएको पैसाको ट्रस्टी आफू भएको कुरा बैङ्कहरूले थाहा पाउनुपर्छ । बैङ्कप्रतिको भरोसा टुट्नु हुँदैन । धोखाधडी गर्नेहरूलाई ऋण दिनु र पछि त्यस्ता कम्पनीहरू विवादमा फसेको भन्दै आउनु नै बैङ्कहरूको समस्या हो’, उनको भनाइ छ ।

अदालतमा भारतका महान्यायाधीवक्ताले त्यहाँको केन्द्रीय बैङ्कद्वारा तय उपाय लागू गर्ने क्रममा म्यूल बैङ्क अकाउन्ट फेला पारिएको बताएका छन् । यस्तो खाता अपराधीहरूको तर्फबाट अवैध रकम प्राप्त गर्न, स्थानान्तरण गर्न वा लुकाउन प्रयोग गरिन्छ । यस्ता व्यक्तिगत खाता प्रायः फिसिङ, घोटाला वा ठगी योजनामा दुरुपयोग हुने गर्छ ।

गत डिसेम्बरमा अदालतले यस्तो स्क्यामबारे देशभर जाँच गर्न भारतको केन्द्रीय जाँच एजेन्सीलाई आदेश दिएको थियो । जाँचका क्रममा एक स्क्यामर्सले जेष्ठ नागरिकबाट १५ दिनभित्र डेढ करोड भारतीय रुपैयाँ लुटेको थाहा भएको थियो । बैङ्क खाताबाट रकम लुट्नुअघि निज स्क्यामरले आफूलाई इन्टिलिजेन्स ब्यूरो र न्यायपालिकाका अधिकारीको रूपमा प्रस्तुत गरेको थियो । (बारएण्डबेञ्‍चबाट)

सम्बन्धित खवर

श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानून लाग्ने

श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानून लाग्ने

काठमाडौँ । सरकारले श्रमिकको शोषण गर्ने व्यवस्थापकलाई आर्थिक अपराधीसरह कानूनी दायरामा ल्याउने भएको छ...

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका सबै सेवा अपाङ्गमैत्री बनाउने घोषणा गरेका छन्‌...

बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा

बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा

काठमाडौँ । सरकारले बैङ्किङ क्षेत्रका दुई ऐन संशोधन गर्ने घोषणा गरेको छ । संघीय...

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

आगामी बजेट सवा २१ खर्बको, प्रदेश र स्थानीय तहलाई कति ? (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ...