निर्वाचन प्रचारमा एआई दुरुपयोग गरे कारबाही गर्ने विज्ञापन बोर्डको चेतावनी

जस नेपाल

८ फागुन २०८२

निर्वाचन प्रचारमा एआई दुरुपयोग गरे कारबाही गर्ने विज्ञापन बोर्डको चेतावनी

काठमाडौं । नेपाल सरकारको विज्ञापन बोर्डले निर्वाचन प्रचार–प्रसारका क्रममा कृत्रिम बौद्धिकता (एआई) तथा सामाजिक सञ्जालको दुरुपयोग नगर्न राजनीतिक दल, उम्मेदवार र सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता, २०८२, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ तथा सम्बन्धित नियमावली र आचारसंहितालाई आधार मान्दै बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै भ्रामक, तथ्यहीन तथा द्वेषपूर्ण सामग्री प्रकाशन–प्रसारण नगर्न चेतावनी दिएको हो ।

बोर्डका अनुसार पछिल्लो समय सामाजिक सञ्जालमा उम्मेदवारको फोटो तथा भिडियो एआईमार्फत सम्पादन गरी भ्रामक सामग्री फैलाउने, नक्कली खाता प्रयोग गर्ने तथा होच्याउने किसिमका सामग्री पोस्ट गर्ने प्रवृत्ति बढेको पाइएको छ । यस्ता गतिविधि कानूनविपरीत भएकाले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कारबाही गरिने जनाएको छ ।

साथै, निर्वाचन आचारसंहिता विपरीत पोस्टर, पम्प्लेट, होर्डिङ बोर्ड तथा अन्य प्रचार सामग्री प्रकाशन–प्रसारण नगर्न र आचारसंहिताको पूर्ण पालना गर्न बोर्डले सबै सरोकारवालालाई अनुरोध गरेको छ ।

सम्बन्धित खवर

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...

प्रतिनिधिसभाबाट श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

प्रतिनिधिसभाबाट श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौँ ।  प्रतिनिधिसभाले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) कोश्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) सर्वसम्मत...

सरकारले संसदलाई बुझायो १६६ विधेयकको सूची, प्राथमिकतामा कुन कुन ? (पूर्णपाठसहित)

सरकारले संसदलाई बुझायो १६६ विधेयकको सूची, प्राथमिकतामा कुन कुन ? (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षमा १६६ वटा विधेयक संसदबाट पारित गर्ने कार्यसूची निर्धारण...

सम्पति आयोगले भन्यो– न्यायाधीश र सेनालाई छुइँदैन, अरुलाई छाडिँदैन !

सम्पति आयोगले भन्यो– न्यायाधीश र सेनालाई छुइँदैन, अरुलाई छाडिँदैन !

काठमाडौँ ।  सर्वोच्च अदालतले सेना र न्यायाधीहरुको सम्पत्ति छानबिन नगर्नू भनेर अन्तरिम आदेश जारी...