रविको मुद्दा न्यायाधीश विनोद शर्मा र अव्दुल अजीजको बेञ्चमा

जस नेपाल

९ चैत २०८२

रविको मुद्दा न्यायाधीश विनोद शर्मा र अव्दुल अजीजको बेञ्चमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता सम्बन्धी रिटमाथिको सुनुवाई सर्वोच्च अदालतमा सोमबार जारी छ । महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयविरुद्धको यो मुद्दाको सुनुवाई न्यायाधीशद्वय विनोद शर्मा र अव्दुल अजीज मुसलमानको बेञ्चमा परेको छ ।

गत फागुन २७ गते यो रिटलाई न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको बेञ्चले पूर्ण सुनुवाईको निम्ति पेश गर्न आदेश दिएको थियो ।

उक्त आदेशबमोजिम चैत १, २, ३ र ५ गते चार दिनसम्म नियमित सुनुवाई भएको थियो । न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिल कुमार पोखरेलको बेञ्चले चार दिनको सुनुवाई पनि रवि लामिछानेसँगै जीवी राई समेतको मुद्दा फिर्ता सम्बन्धी निर्णय पेश गर्न महान्यायाधिवक्ता कार्यालयलाई आदेश दिएको थियो ।

चैत ५ गतेको इजलसाको आजेश बमोजिम आज चैत ९ गते यस रिटमाथि सुनुवाई हुन लागेको हो ।

महान्यायाधिवक्ता कार्यालयले रवि लामिछाने, जीबी राईलगायतका प्रतिवादीहरुविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोजन फिर्ता लिने निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट परेको हो ।

रिट निवेदकहरुले माग गरेअनुसार महान्यायाधिवक्ता कार्यालयको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गर्ने या नगर्नेबारे सर्वोच्च अदालतले निर्णय सुनाउने छ ।

यो पनि-

रविसँगै जीबी राई पनि सर्वोच्च अदालतमा तानिए !

 

सम्बन्धित खवर

मुक्तकमैया पुनःस्थापनामा अन्योलता

मुक्तकमैया पुनःस्थापनामा अन्योलता

कञ्चनपुर । पश्चिम तराईका मुक्तकमैया तथा कमलहरी समुदायले पुनःस्थापनाको काम अझै प्रभावकारी रूपमा अगाडि...

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक...

५४ नागरिकको संयुक्त विज्ञप्ति : सुकुम्वासी व्यवस्थापनमा संवैधानिक हक र मानव अधिकारको बर्खिलाप नगर

५४ नागरिकको संयुक्त विज्ञप्ति : सुकुम्वासी व्यवस्थापनमा संवैधानिक हक र मानव अधिकारको बर्खिलाप नगर

काठमाडौँ । बालेन सरकारले काठमाडौँ उपत्यका लगायत देशका विभिन्न ठाउँमा सुकुमबासी बस्तीमा डोजर चलाएर...

एक्सट्रिम इनर्जी : तपाईं मन्दविष पिउँदै हुनुहुन्छ

एक्सट्रिम इनर्जी : तपाईं मन्दविष पिउँदै हुनुहुन्छ

काठमाडौँ । तपाईं पोखरा, बिराटनगर, बुटवल, नेपालगन्ज वा काठमाडौँजस्ता ठूला शहरहरुमा घुम्नुहोस् वा गाउँघरतिर...