काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भएको थाहा पाएको बताउँदै त्यसलाई भ्रामक र अतिरञ्जनापूर्ण भनेका छन् ।
नेपालको कानून अनुसार आफ्नो सम्पत्तिको यथार्थ विवरण सरकारी निकायमा पेश गरिएको देउवाले बताएका छन् ।
आफ्नै पालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐन बनेको देउवाले स्मरण गराएका छन् ।
आफूहरु स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र अझै उपचारको क्रम जारी रहेको देउवाले बताएका छन् ।
हेर्नुहोस् देउवाले फेसबुकमा लेखेको स्टाटस–
आदरणीय दाजुभाइ, दिदी बहिनी तथा साथीहरु,
म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ ।
म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु ।
नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।
देशमा लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना, विधिको शासन, स्वतन्त्र न्यायापालिका, पारदर्शीतासँगै राज्यका अंगहरु स्वतन्त्र र सक्षम हुनुपर्दछ भन्ने मान्यताका लागि मैले सिंगो जीवन संघर्षमै व्यथित गरेको हुँ ।
मेरो जीवन एउटा खुल्ला पुस्तकका रुपमा रहेको छ ।
भ्रष्टाचारमुक्त समाज निर्माण गर्दै सुशासन र पारदर्शीता कायम गर्न म गृहमन्त्री हुँदा मेरै अग्रसरतामा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र मेरै प्रधानमन्त्रीत्व कार्यकालमा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको सर्वविदित नै छ ।
स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौ र अझै उपचारको क्रम जारी रहेको जानकारी गराउन चाहन्छु ।
बास्तविकता समयक्रमसँगै खुल्दै जानेनै छ । अतिरंजना गरी सार्वजिनक भएका विवरणहरुबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु।
जय नेपाल।
शेरबहादुर देउवा
यो पनि-
सम्पत्ति शुद्धीकरण मामिलामा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
ताजा अपडेट
अब वकीलले सिंहदरबारमा निर्वाध प्रवेश पाउने
२६ चैत २०८२१४ दिनमै पदमुक्त भए श्रममन्त्री साह
२६ चैत २०८२
