काठमाडौँ । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति गगन कुमार थापा समूहलाई बैधानिकता दिएको छ । अदालतले विशेष महाधिवेशन पक्षधर समूहलाई वैधानिकता दिँदै शेरबहादुर देउवा पक्षबाट दर्ता भएको रिट निवेदन खारेज गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले शुक्रबार गगन थापा समूहको पक्षमा फैसला सुनाएको हो । यो फैसलासँगै अब शेरबहादुर देउवा समूहले या त गगन थापाकै नेतृत्वलाई मानेर अगाडि बढ्नुपर्ने भएको छ । या त नेपाली कांग्रेसको नाम, झण्डा र चुनाव चिन्ह छाडेर अर्कै दल खोल्नुपर्ने भएको छ ।
गत पुसमा गगन थापा समूहले विशेष महाधिवेशनको आयोजना गरेर नयाँ कार्यसमिति गठन गरेको थियो ।
गगन थापालाई सभापति मान्न अस्वीकार गर्दै पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काको टिमले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
फागुन २१ को चुनावअघि कांग्रेसको आधिकारिकता विवाद निर्वाचन आयोगमा पुगेको थियो । तर, आयोगले गठन थापा पक्षलाई नै बैधानिकता दिएको थियो ।
शुक्रबार सर्वोच्च अदालतको फैसला सुनाउँदै अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले निर्वाचन आयोगबाट वैधानिकता पाएर निर्वाचनसमेत सकिइसकेको सन्दर्भमा रिट निवेदनको औचित्य नरहेकाले खारेज भएको बताए ।
हेर्नुहोस् आदेश-

