गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

जस नेपाल

९ वैशाख २०८३

गृहमन्त्री सुदन गुरुङद्वारा राजीनामा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् । उनले आफूले सम्हाल्दै आएको जिम्मेवारीबाट नैतिक आधारमा अलगिएको घोषणा गर्दै निष्पक्ष छानबिनको बाटो खुला गर्न यस्तो निर्णय लिएको बताएका छन् ।

गुरुङले २०८२ चैत १३ गतेदेखि गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएको उल्लेख गर्दै पछिल्ला दिनमा आफ्नो शेयर लगायतका विषयमा नागरिक तहबाट उठेका प्रश्न र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन् ।

उनले “पदभन्दा ठूलो कुरा नैतिकता र जनविश्वास हो” भन्दै सुशासन, पारदर्शिता र जवाफदेहिताको माग बढिरहेका बेला सार्वजनिक जीवन स्वच्छ हुनुपर्ने सन्देशलाई आफूले आत्मसात गरेको बताए ।

आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कुनै ‘conflict of interest’ नदेखियोस् भन्ने उद्देश्यले तत्काल प्रभावबाट राजीनामा दिएको उनको भनाइ छ ।

गुरुङले आफूले नैतिक जिम्मेवारी पूरा गरेको दाबी गर्दै अब सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनले केही सञ्चारकर्मी र विभिन्न क्षेत्रसँग जोडिएका शेयर सम्बन्धी विषयहरू पनि क्रमशः सार्वजनिक हुने संकेत गर्दै “रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस देखाउनुपर्छ” भन्ने धारणा व्यक्त गरेका छन् ।

सम्बन्धित खवर

अधिवक्ताको परीक्षाफल प्रकाशित, १२७४ वकील थपिए (नतिजासहित)

अधिवक्ताको परीक्षाफल प्रकाशित, १२७४ वकील थपिए (नतिजासहित)

काठमाडौँ । नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल)ले लिएको यस वर्षको परीक्षाको नतिजा प्रकाशित...