ल क्याम्पसमा एल.एल.बी.को निःशुल्क तयारी कक्षा, अनलाइनबाट पनि पढ्न मिल्ने

जस नेपाल

१५ वैशाख २०८३

ल क्याम्पसमा एल.एल.बी.को निःशुल्क तयारी कक्षा, अनलाइनबाट पनि पढ्न मिल्ने

काठमाडौं । एल.एल.बी.को प्रवेश परीक्षा तयारी गरिरहेका विद्यार्थीलाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघ (ने.वि. संघ), नेपाल ल क्याम्पसले यस वर्ष पनि निःशुल्क तयारी कक्षा सञ्चालनमा ल्याएको छ । नेवि संघले विगतका वर्षहरूमा जस्तै वैशाख ४ गते शुक्रबारदेखि कक्षा सञ्चालन गरिरहेको कार्यक्रम संयोजक प्रधुमन सिंह राजपुतले जानकारी दिए ।

उनका अनुसार, “हामीले पछिल्लो १०–१२ वर्षदेखि निरन्तर रूपमा निःशुल्क कक्षा सञ्चालन गर्दै आएका छौँ । यस वर्ष पनि भौतिक र अनलाइन दुवै माध्यमबाट कक्षा सञ्चालन गरिएको छ । भौतिक कक्षा लिन चाहने विद्यार्थीहरूले ल क्याम्पसमै उपस्थित हुनुपर्छ भने उपस्थित हुन नसक्नेहरूले अनलाइन कक्षा लिन सक्नेछन् ।”

ल क्याम्पसका नेवि संघ सचिवसमेत रहेका संयोजक राजपुतका अनुसार भौतिक कक्षा हरेक दिन बिहान ७ बजेदेखि र अनलाइन कक्षा बेलुका ७ बजेदेखि सञ्चालन भइरहेको छ । प्रवेश परीक्षाको तयारी गरिरहेका विद्यार्थीका लागि हरेक शनिबार मोक टेस्ट सञ्चालन गरिनेछ भने ५ हजारभन्दा बढी एमसीक्यू अभ्यास गराइनेछ । साथै आवश्यक नोट तथा अध्ययन सामग्रीसमेत उपलब्ध गराइने आयोजकको भनाइ छ ।

निःशुल्क कक्षा लिन इच्छुक विद्यार्थीहरूले कार्यक्रम संयोजक राजपुतलाई ९८१६२३२०२४ मा सम्पर्क गर्न वा Whatsapp ग्रुप मार्फत जाेडिन सक्नेछन् ।

सूचना पनि हेर्नुहाेस् :

याे पनि : 

सम्बन्धित खवर

ल क्याम्पसमा अनेरास्ववियुकाे पनि छुट्टै निःशुल्क एल.एल.बी. तयारी कक्षा

ल क्याम्पसमा अनेरास्ववियुकाे पनि छुट्टै निःशुल्क एल.एल.बी. तयारी कक्षा

काठमाडौं । एल.एल.बी. प्रवेश परीक्षा तयारीलाई लक्षित गर्दै अनेरास्ववियु नेपाल ल क्याम्पसले पनि छुट्टै ...

गैरीगाउँमा फेरि पुग्यो सरकारी डोजर, बाँकी रहेका संरचना भत्काउन सुरु

गैरीगाउँमा फेरि पुग्यो सरकारी डोजर, बाँकी रहेका संरचना भत्काउन सुरु

काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ अन्तर्गत गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका ठूला घरहरु हटाउने...

मनोहराबाट विस्थापित पूर्वमन्त्री भन्छन्– सर्वहारा मानिस सुकुमवासी बस्तीमा पुगियो

मनोहराबाट विस्थापित पूर्वमन्त्री भन्छन्– सर्वहारा मानिस सुकुमवासी बस्तीमा पुगियो

काठमाडौँ । सरकारले मनोहराको सुकुमबासी बस्तीमा डोजर चलाउँदा पूर्वमन्त्री गोपाल किराती पनि प्रभावित बनेका...

 ‘साहु बा’ वेबसिरिजमा ३८० कलाकारको अभिनय

 ‘साहु बा’ वेबसिरिजमा ३८० कलाकारको अभिनय

काठमाडौं । म्युजिक नेपाल र फ्रेम इन मोसनको संयुक्त प्रस्तुतिमा निर्माण भएको वेबसिरिज ‘साहु बा’ सार्वजनिक भएको...