राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

जस नेपाल

१७ वैशाख २०८३

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति कार्यालयले सहकारी क्षेत्रसँग सम्बन्धित अध्यादेश जारी गरेको छ ।

सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार उक्त अध्यादेश आजैदेखि लागू हुने गरी जारी गरिएको उल्लेख छ।

अध्यादेशमार्फत सहकारी क्षेत्रको नियमन, व्यवस्थापन र सुधारका लागि आवश्यक कानुनी व्यवस्था थप सुदृढ गर्ने अपेक्षा गरिएको छ । पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या तथा सुधारको मागलाई सम्बोधन गर्ने उद्देश्यले सरकारको सिफारिसमा अध्यादेश ल्याइएको जनाइएको छ ।

सम्बन्धित खवर

संविधान संशोधन : ‘अमेन्डोफोबिया’ मा नफसौँ

संविधान संशोधन : ‘अमेन्डोफोबिया’ मा नफसौँ

संविधान संशोधनबारे मैले एउटा सन्दर्भ सामग्री भेटाएँ। Unconstitutional Constitutional Amendments: The Limits of Amendment...

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...

प्रतिनिधिसभाबाट श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

प्रतिनिधिसभाबाट श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौँ ।  प्रतिनिधिसभाले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) कोश्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) सर्वसम्मत...

सरकारले संसदलाई बुझायो १६६ विधेयकको सूची, प्राथमिकतामा कुन कुन ? (पूर्णपाठसहित)

सरकारले संसदलाई बुझायो १६६ विधेयकको सूची, प्राथमिकतामा कुन कुन ? (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षमा १६६ वटा विधेयक संसदबाट पारित गर्ने कार्यसूची निर्धारण...