बारामा पुनः कर्फ्यु, सिमरा विमानस्थल क्षेत्रमा बेलुका ८ बजेसम्म निषेधाज्ञा

४ मंसिर २०८२

बारामा पुनः कर्फ्यु, सिमरा विमानस्थल क्षेत्रमा बेलुका ८ बजेसम्म निषेधाज्ञा

बारा । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल र आसपासका क्षेत्रमा आज पुनः कर्फ्यु लागू गरेको छ। जेनजी युवाहरूको आन्दोलन तीव्र बन्दै गएपछि दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ।

विज्ञप्तिमा परिस्थितिलाई नियन्त्रणमा राख्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(क) र (ख) प्रयोग गरिएको उल्लेख छ। कर्फ्यु क्षेत्रका रूपमा पथलैया चोक दक्षिणदेखि जितपुर लल्का पुलसम्मको वीरगन्ज–पथलैया सडकखण्डको दायाँ–बायाँ ५०० मिटरभित्रको क्षेत्र र सिमरा विमानस्थल वरिपरि ५०० मिटर परिधि निर्धारण गरिएको छ।

बुधबार पनि जेनजी युवाहरूको आक्रोशित प्रदर्शनका कारण सो क्षेत्रमा कर्फ्यु लगाउनुपरेको थियो। त्यस क्रममा सिमरा विमानस्थलको उडानसमेत प्रभावित भएको थियो भने एमाले नेताहरूको बारा भ्रमण कार्यक्रम रद्द गरिएको थियो।

आज पनि प्रदर्शन जारी रहेपछि प्रशासनले फेरि कडा सुरक्षाकब्जा अपनाउँदै कर्फ्यु आदेश जारी गरेको हो।

सम्बन्धित खवर

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७०...

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

बल्क म्यासेजको आतङ्क : दूरसञ्चार प्रयोगकर्ताको गोपनीयता दुरुपयोग, कसले गर्ने कारबाही ?

काठमाडौँ । केही दिनयता नेपालीहरूको मोबाइलमा एक व्यक्तिले एटी_अलर्ट, एसआइ_अलर्ट लगायत सर्टकोडबाट लाखौँ म्यासेज...

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

युके पठाइदिन्छु भन्दै २८ लाख ठगी गर्ने महर्जन पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका...

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन्‌ ? नीतिमा के छ ?

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार (हिजो) एक विज्ञप्ति जारी गरी ५९९ प्रहरी कर्मचारीहरूमाथि...