काठमाडौँ । सर्वोच्च अदालतले कनून दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित भएका छन् ।
न्यायालय ऐन जारी भई २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट लालमोहर लगाएको दिनको स्मरणमा हरेक वर्ष वैशाख २६ गते कानून दिवस मनाउने गरिएको छ ।
विगतका कानून दिवसमा प्रमुख अतिथि राष्ट्रपति र प्रधानमन्त्री विशिष्ट अतिथिको रूपमा उपस्थित हुने परम्परा रहेकोमा यस वर्ष प्रधानमन्त्री शाह अनुपस्थित रहेका हुन् ।
सर्वोच्चले निम्तो गर्दासमेत अन्यत्र कार्यक्रम जुधेको बताउँदै समय दिन नपाउने प्रतिक्रिया प्रधानमन्त्रीको सचिवालयले दिएको सर्वोच्च स्रोतको भनाइ छ ।
याे पनि : राष्ट्रिय सभा गृहमा कानून दिवस मनाइँदै

