प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध तीन उजुरी

जस नेपाल

३० वैशाख २०८३

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माविरुद्ध तीन उजुरी

काठमाडौं । संवैधानिक परिषद्‌बाट  प्रधानन्यायाधीशका लागि सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध तीनवटा उजुरी परेका छन् ।

संसदीय सुनुवाइ समितिले शुक्रबार बैठक बसेर डा. शर्माविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको थियो । समितिले जेठ ४ गतेसम्म उजुरी दिन १० दिनको समय दिएको छ। उजुरी दिने म्याद भने जेठ ४ गतेसम्म कायम छ ।

समितिले उजुरीका लागि विभिन्न सुविधाजनक व्यवस्था गरेको छ । नाम उल्लेख गरेर वा नाम नखुलाईकन  दुवै तरिकाले उजुरी दिन सकिनेछ । उजुरी सचिवालयमा प्रत्यक्ष, इमेलबाट, खामबन्दी गरी सिंहदरबार वा ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत पठाउन सकिने व्यवस्था छ ।

समितिले उजुरीमा विषयवस्तु स्पष्ट खुलाउन र प्रमाणसहित पेश गर्न आग्रह गरेको छ ।

समितिले जेठ ५ गते अर्को बैठक बोलाएको छ । उक्त बैठकमा प्राप्त उजुरीहरू सदस्यहरूको रोहबरमा खोलिनेछन् र अध्ययनका लागि वितरण गरिनेछ । त्यसपछि सुनुवाइ प्रक्रिया कसरी अगाडि बढाउने भन्ने निर्णय हुनेछ ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा नियुक्ति गरिनेछ ।

सम्बन्धित खवर

सौतेनी आमाकी छोरी ‘हाडनाता करणीमा’ पर्दिनन् : सर्वोच्च अदालत (पूर्णपाठ)

सौतेनी आमाकी छोरी ‘हाडनाता करणीमा’ पर्दिनन् : सर्वोच्च अदालत (पूर्णपाठ)

काठमाडौँ । सर्वोच्च अदालतले सौतेनी आमाकी छोरीमाथि भएको करणीलाई ‘हाडनाता करणी’ नमान्ने सिद्धान्त प्रतिपादन...

पाँचथरमा एक वर्षमा ४७१ सम्बन्ध विच्छेदका मुद्दा

पाँचथरमा एक वर्षमा ४७१ सम्बन्ध विच्छेदका मुद्दा

पाँचथर ।  जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका छन ।...

उच्च अदालत बार पाटनको निर्वाचन विवादमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेशबारे छलफलका लागि विपक्षी झिकाइयो

उच्च अदालत बार पाटनको निर्वाचन विवादमा सर्वोच्चको कारण देखाउ आदेश, अन्तरिम आदेशबारे छलफलका लागि विपक्षी झिकाइयो

ललितपुर । उच्च अदालत बार एशोसिएशन पाटनको निर्वाचन बदरको माग गर्दै दायर भएको रिटमा...

जग्गा पास नभएको राजिनामा पनि कपालीसरह मान्य हुने : सर्वोच्च अदालत (पूर्णपाठसहित )

जग्गा पास नभएको राजिनामा पनि कपालीसरह मान्य हुने : सर्वोच्च अदालत (पूर्णपाठसहित )

काठमाडौँ । सुनसरीको जग्गा खरिद-बिक्री विवादमा सर्वोच्च अदालतले मालपोत कार्यालयमा राजिनामा लिखत तयार भई...