अवहेलना मुद्दामा प्रधानमन्त्री कार्कीलाई सर्वाेच्चले माग्याे लिखित जवाफ

७ मंसिर २०८२

अवहेलना मुद्दामा प्रधानमन्त्री कार्कीलाई सर्वाेच्चले माग्याे लिखित जवाफ

काठमाडाैं ।  राजदूत फिर्ता बोलाउने सरकारी निर्णयमा सर्वोच्च अदालतको अन्तरिम आदेश अवमानना गरिएको दाबीपछि दायर गरिएको अवहेलना मुद्दामा प्रधानमन्त्री सुशीला कार्कीलाई लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

अधिवक्ता प्रतिभा उप्रेती र प्रेम सिलवालले दायर गरेको निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयाँल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले आइतबारसम्म जवाफ बुझाउन निर्देशन जारी गरेको हो।

सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतलाई असोज ३० मा फिर्ता बोलाउने निर्णय गरेको थियो। सो निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चको संयुक्त इजलासले कात्तिक १६ मा ‘यथास्थिति कायम राख्न’ आदेश दिएको थियो।

तर अन्तरिम आदेश जारी रहेकै अवस्थामा परराष्ट्र मन्त्रालयले सम्बन्धित राजदूतहरूलाई मन्त्रालयमै हाजिर हुन निर्देशन दिएपछि उनीहरू कार्यालय पुगेका थिए। यही कदमलाई अदालतको आदेश उल्लंघन भन्दै प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको हो।

प्रधानमन्त्री कार्कीविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चमा सुनुवाइ हुँदै

सम्बन्धित खवर

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

बाल अदालत : नेपालमा कस्तो छ बाल न्याय प्रणाली ?

काठमाडौँ । नेपालको न्याय प्रणाली मौलिक अधिकारको संरक्षण र संवर्द्धनतर्फ केन्द्रित छ । यस...

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

अदालतप्रति जनतामा भरोसा, ढीलासुस्तीमा गुनासो

काठमाडौँ । पछिल्लो समय न्यायपालिकाप्रति जनविश्वास गुम्दै गएको र यही कारण अदालत र न्यायाधीशहरुमाथि...

जलेको अदालत, नजलेको न्याय…

जलेको अदालत, नजलेको न्याय…

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र अन्य कयौं अदालतहरु...

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

बारको १४ बुँदे वक्तव्य : अदालतमाथि आक्रमण हुँदा सरकार मूकदर्शक

काठमाडौं । समग्र न्याय प्रणालीमाथि नै भ्रामक र कपोलकल्पित आरोप लगाएर न्याय क्षेत्रको तेजोबध...