प्रतिनिधि सभामा दुईवटा संशोधन विधेयक दर्ता

जस नेपाल

६ जेठ २०८३

प्रतिनिधि सभामा दुईवटा संशोधन विधेयक दर्ता

काठमाडौँ । प्रतिनिधि सभामा निर्वाचन प्रणालीलाई थप समावेशी र अद्यावधिक बनाउने उद्देश्यसहित दुईवटा संशोधन विधेयक दर्ता भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बुधबारको बैठकमा यी विधेयक सदनमा पेश गरेकी हुन् ।

मन्त्री गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्दै सदनमा पेस गरिन् । यी विधेयकहरू व्यवस्थापन कार्यअन्तर्गत अघि सारिएका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयकले समानुपातिक निर्वाचन प्रणालीमा विभिन्न समुदायको प्रतिनिधित्व जनसंख्याको अनुपातमा मिलाउने व्यवस्था गर्न खोजेको छ । नेपालको संविधानको धारा ८४(२) अनुसार महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम तथा पिछडिएको क्षेत्रका समुदायको सहभागिता सुनिश्चित गर्न प्रतिशत संशोधन गर्ने प्रस्ताव गरिएको छ ।

सरकारले २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्यांकअनुसार विभिन्न समुदायको जनसंख्या प्रतिशत अद्यावधिक भएको जनाएको छ । यसअघि पुरानो जनसांख्यिक तथ्यांकका आधारमा कायम गरिएको समानुपातिक प्रतिनिधित्वको प्रतिशतलाई अब नयाँ जनगणनाको आधारमा समायोजन गर्नुपर्ने आवश्यकता रहेको भन्दै सरकारले यो संशोधन अघि सारेको हो । 

यसैगरी, मतदाता नामावली (पहिलो संशोधन) विधेयकले यसअघि अध्यादेशमार्फत ल्याइएका व्यवस्थालाई कानुनी रूपमा स्थायी मान्यता दिने लक्ष्य राखेको छ ।

अध्यादेशबाट गरिएका मतदाता सूची सम्बन्धी प्रावधानहरूलाई अब विधेयकमार्फत सदनबाट पारित गरी पूर्ण कानुनी हैसियत दिन खोजिएको हो ।

सम्बन्धित खवर

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

सम्पत्ति आयोगका सबै काम ठप्प, दुई तिहाइको सरकारलाई धक्का !

काठमाडौँ । सरकारद्वारा गठित सम्पत्ति छानबिन आयोगले आफ्ना सबै काम अर्को सूचना प्रकाशित नभएसम्मका...

प्रतिनिधिसभाबाट श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

प्रतिनिधिसभाबाट श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौँ ।  प्रतिनिधिसभाले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) कोश्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) सर्वसम्मत...

सरकारले संसदलाई बुझायो १६६ विधेयकको सूची, प्राथमिकतामा कुन कुन ? (पूर्णपाठसहित)

सरकारले संसदलाई बुझायो १६६ विधेयकको सूची, प्राथमिकतामा कुन कुन ? (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले नयाँ आर्थिक वर्षमा १६६ वटा विधेयक संसदबाट पारित गर्ने कार्यसूची निर्धारण...

सम्पति आयोगले भन्यो– न्यायाधीश र सेनालाई छुइँदैन, अरुलाई छाडिँदैन !

सम्पति आयोगले भन्यो– न्यायाधीश र सेनालाई छुइँदैन, अरुलाई छाडिँदैन !

काठमाडौँ ।  सर्वोच्च अदालतले सेना र न्यायाधीहरुको सम्पत्ति छानबिन नगर्नू भनेर अन्तरिम आदेश जारी...