सर्वोच्चका न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर

जस नेपाल

१२ जेठ २०८३

सर्वोच्चका न्यायाधीश श्रेष्ठलाई बोनम्यारो क्यान्सर

काठमाडौं । सर्वोच्च अदालतका माननीय न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई बोनम्यारो क्यान्सर भएको छ । श्रेष्ठ हाल भारतको नयाँ दिल्लीस्थित राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एन्ड रिसर्च सेन्टरमा उपचाररत रहेका छन् ।

न्यायपालिका अधिकृत समाजले मंगलबार एक सूचना जारी गर्दै न्यायाधीश श्रेष्ठ गम्भीर स्वास्थ्य समस्यासँग संघर्षरत रहेको जनाएको हो । सूचनामा न्याय सम्पादनको क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण गर्दै शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गरिएको छ ।

त्यस्तै, जटिल उपचार प्रक्रियालाई मध्यनजर गर्दै न्यायपालिकामा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई स्वेच्छिक रूपमा यथासक्य आर्थिक सहयोग गर्न पनि अपिल गरिएको छ ।

सर्वोच्च अदालत प्रशासन स्रोतका अनुसार न्यायाधीश श्रेष्ठको उपचारमा अत्यधिक खर्च हुने अवस्था आएपछि बाध्य भएर सहयोग अपिलसहित सूचना जारी गरिएको हो ।

याे पनि – सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठमाथि ‘साइबर बुलिङ’

सम्बन्धित खवर

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

प्रविधिबाट हुने लैंगिक हिंसा : २ सयवटा उजुरी पर्दा एउटा मुद्दा मात्रै पुग्छ अदालत

काठमाडौँ ।  सर्वोच्च अदालत बार एशोसिएसनअन्तर्गत कानून व्यवसायी महिला समितिले शुक्रबार ‘प्रविधिबाट हुने लैंगिक...

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

गाईको सट्टा गैंडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

काठमाडौँ । नेपालमा राष्ट्रिय जनावर परिवर्तनको विषय फेरि चर्चामा आएको छ । आदिवासी जनजाति...

बार भवनमा संविधान संशोधनको बहस

बार भवनमा संविधान संशोधनको बहस

काठमाडौँ । नेपाल बार एशोसिएसनले संविधान संशोधनबारे अन्तरक्रिया गर्ने भएको छ । शुक्रबार दिउँसो...

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी छलफल

काठमाडौँ । सर्वोच्च अदालत बार एशोसिएसन, कानून व्यवसायी महिला समितिले ‘प्रविधिबाट हुने लैंगिक हिंसासम्बन्धी...